logo

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा १८ करोड ५८ लाख रुपैयाँ

    1193   पटक पढिएको

२७ कात्तिक / अर्थ र व्यापार - नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तीन महिनामा १८ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्दश्येले खोलिएको बैंकले अहिलेसम्म कुल ८ करोड ४४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । 

बैंकले गत कात्तिक १५ गते तीन अर्ब रुपैयाँको लगानी सम्झौता गरे पनि कर्जा किस्ता किस्तामा प्रवाह हुनेछ । कर्जा लगानी नहुँदा बैंकले अन्य बैंकहरुलमा ७ अर्ब ३८ करोड रुपैयाँ जम्मा गरेर राखेको छ। त्यस्तै ५ अर्ब ७३ करोड रुपैयाँ नगदको रुपमा रहेको जनाएको छ। शेयरमा १२ करोड ५९ लाख रुपैयाँ लगानी गरेको छ । १२ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले पूँजीलाई नै बैंकमा जम्मा गरेर ३१ करोड ७९ लाख रुपैयाँ व्याज आम्दानी गरेको हो ।
 
बैंकले तीन महिनाको अवधिमा ५ करोड रुपैयाँ निक्षेप बढाउँदै २५ करोड रुपैयाँ पुर्याएको हो। पुर्वधारमा लगानी गर्ने भनिए पनि बैंकले आयोजना फेला पार्न नसक्दा आफुसँग भएकै पूँजी बैंकमा जम्मा गरेर राख्नु पर्ने अवस्था आएको हो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।