logo

नेपाल बैंक र कुमारी बैंकको बार्षिक साधारणसभाको वैशाख २२ र २६ गते हुने

    1385   पटक पढिएको

२७ चैत्र /अर्थ र व्यापार - नेपाल बैंकले वैशाख २२ गते ५९औं वार्षिक साधारणसभा डाकेको छ । नेपाल बैंकले साधारणसभाबाट दुई जना सर्वसाधारण समुहका सञ्चालक चयन गर्ने छ । साधारणसभा प्रयोजनका लागि बैंकले वैशाख ९ गते एक दिन बुकक्लोज गर्ने भएको छ । 

त्यसैगरि कुमारी बैंकले वैशाख २६ गते बार्षिक साधारणसभा डाकेको छ । बैंकको सञ्चालक समितिले अघिल्लो आर्थिक बर्ष २०७३र७४ को नाफाबाट १२.७५ प्रतिशत बोनस शेयर र गत आर्थिक वर्ष २०७४र७४ को नाफाबाट ८.५ प्रतिशत सहित जम्मा २१.१५ प्रतिशत बोनस शेयरको लागि प्रस्ताव गरेको छ । 

बैंकले दुई आर्थिक बर्षको नाफाबाट एक अर्ब ५२ करोड रुपैयाँ बोनस शेयर प्रदान गरेसँगै नेपाल राष्ट्र बैंकले निर्देशन गरेको ८ अर्ब पूँजी जुटाउने छ । बैंकको हालको चुक्ता पूँजी ७ अर्ब १६ करोड रुपैयाँमा बोनस शेयर दिए पश्चात चुक्ता पूँजी ८ अर्ब ६८ रुपैयाँ कायम हुनेछ । 

बैंकले साधारणभाबाट दुई जना संस्थापकतर्फको सञ्चाल र दुई जना सर्वसाधारण समुहका सञ्चालकको निर्वाचन गर्ने भएको छ । साधारणसभा प्रयोजनको लागि वैशाख ६ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । वैशाख ५ गतेसम्म कायम शेयरधनीहरुले २१.१५ प्रतिशत बोनस शेयर पाउने छन् ।  

साधारणसभामा शेयर ब्रोकर सेवा प्रदान गर्नको लागि सहायक कम्पनी खोल्ने प्रस्ताव अगाडि सारेको छ । यसको लागि बैंकले प्रबन्धपत्र संसोधन गर्ने प्रस्ताव साधारणसभा प्रस्तुत गर्नेछ । त्यस्तै अन्य बैंकसँग गाभिने वा गाभ्नेको लागि मर्जन समिति गठन गर्न विशेष प्रस्ताव अगाडि सारेको छ । मर्जरको प्रकृया अगाडि बढाउन सञ्चालक समितिलाई पुर्ण अख्तियारी दिने विशेष प्रस्ताव पनि साधारण सभामा लग्ने भएको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।