logo

नेपाल बैंक बिहीबारदेखि ८० वर्ष पूरा गरी ८१ औैं वर्षमा प्रवेश

    1386   पटक पढिएको


१ मंसिर / अर्थ र व्यापार - नेपाल बैंक लिमिटेड बिहीबारदेखि ८० वर्ष पूरा गरी ८१ औैं वर्षमा प्रवेश गरेको छ । वि.सं. १९९४ कात्तिक ३० मास्थापना भई सञ्चालनमा आएको यो बैंक नेपाल राष्ट्र बंैक स्थापना हुनुपूर्व नै स्थापना भएको थियो । बंैकले नेपालमा भारतीय रुपैयाँको चलन चल्तीलाई विस्थापन गरी नेपाली रुपैयाँको चलनचल्ती बढाउनुको साथै जनतालाई बचत गर्ने तथा संस्थागत रूपमा बंैकिङ सुविधा उपयोग गर्ने संस्कृति विकास गरेको थियो । “देशको औद्योगिकीकरण, ब्यापार व्यवसाय विस्तार, आयात निर्यातको प्रबन्ध र नेपाली अर्थतन्त्रको विकासमा पहिलो बंैकको रूपमा यस बंैकले निर्वाह गरेको भूमिका सर्वत्र प्रशंसनीय छ,” बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले खुला रक्तदान तथा मधुमेह परीक्षण तथा जनचेतनासम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रममा १ सय ६ जनाले रक्तदान गरे । यसैगरी बैंकद्वारा लायन्स क्लब अफ बिहानी पुतलीसडकसँगको सहकार्यमा आयोजित खुला मधुमेह परीक्षण कार्यक्रममा १ सय ५० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । 
गत आर्थिक वर्ष (०७३÷७४) का वित्तीय परिसूचकहरूले बैंकको सफलताको उत्साहजनक नतिजाहरू देखाएको जनाएको छ । यी परिसूचकहरूवाट बैंकका सेयरधनी, व्यवस्थापन एवं सम्पूर्ण सरोकारवाला सबैमा सकारात्मक ऊर्जा प्राप्त भएको छ । बैंकले आर्थिक वर्ष ०७३÷७४ मा ३ अर्ब २२ करोड खुद मुनाफा आर्जन गरेको छ । चालू आवको प्रथम त्रैमासमा करिब ९७ करोडको हाराहारीमा खुद मुनाफा छ । 
नेपाल सरकार र सर्वसाधारणको निजी सरकारी साझेदारीको अवधारणामा स्थापना भएको यस बैंकले ८० वर्ष पछि पुनः गौरवको अनुभूति गरेको जनाएको छ । सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत शेयर हिस्सा रहेको यस बैंकको चुक्ता पुँजी ८ अर्ब ४ करोड पुगेको छ । बैंकमा १२ लाख ग्राहकहरूले नियमित सेवा लिइरहेका छन् । ती निक्षेपकर्ता हरूबाट २०७४ असोज मसान्तसम्म झण्डै ९३ अर्ब निक्षेप संकलित छ भने ७४ अर्बको हाराहारीमा कर्जा प्रवाह भएको छ । बंैकले निक्षेप, कर्जा सापटी, लगानी, बिल्स, प्रतितपत्र, जमानत, सुन–चाँदी (सामाजिक) कर्जा वैदेशिक मुद्रा सटही सुविधा, सन्ध्याकालिन सेवा, अतिरिक्त बंैकिङ सेवा, लकर सेवा घर दैलोमा बैंकिङ सेवा पेन्सन भुक्तनी, सामाजिक सुरक्षा भत्ता वितरण, टेलिकम बिल भुक्तानी सेवा अन्तर शाखा कारोबार, रेमिट्यान्स 

सेवालगायत विभिन्न आधुनिक बंैकिङ सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ । काठमाडौं जुद्ध सडकबाट बैंकिङ कारोबार सुरु गरेको यस बैंकले देशभरका सहर, व्यापारिक केन्द्रहरू तथा दुर्गम क्षेत्रका बजारहरूमा समेत आफ्ना शाखाहरू खोली हाल १ सय ३३ शाखा मार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।