logo

नेपाल बंगलादेश बैंक जग्गा खरिद प्रक्रियाको अन्तिम चरणमा

    1396   पटक पढिएको

३ माघ/ अर्थ र व्यापार - अजेयराज सुमार्गीको मुक्तीश्री प्रालिको नाममा रहेको जग्गा नेपाल बंगलादेश बैंकले मिलेमतोमा महंगो मूल्य हालेर किन्ने प्रकृया अन्तिम चरणमा पुर्याएको छ । १२१ आना जग्गा खरिद प्रकरणमा करोडौं रुपैंयाको कमिशनको खेलले बैंकलाई भने समस्यामा पार्ने देखिएको छ । वर्षौंदेखि जग्गा खरिद प्रकृयामा रहेको बंगलादेश बैंक घोटालाको विषय मिल्न नसकेका कारण नै अहिलेसम्म जग्गा खरिदको निर्णय हुन सकिरहेको थिएन । बैंकका प्रमुख कार्यकारी ज्ञानेन्द्रप्रसाद ढुंगाना आफै अबैध ढंंगले जग्गा खरिद समितिमा बसेर जग्गा गरिदको अन्तिम निर्णय गराउन लागेका हुन् ।

समितिमा बस्न नमिल्ने व्यवस्था विपरित ढुगांना आफैं समितिमा बसेर जग्गा खरिद प्रकृयाको निर्णयमा हस्तक्षेप गरेका हुन् । यसले व्यक्ति मालामाल हुने तर बैंक धरासायी बनेर जाने देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा सञ्चालकहरुले व्यवस्थापन हाँक्ने गरेकोमा बंगलादेश बैंकमा भने ठीक उल्टो अवस्था छ । बैंकका प्रमुख कार्यकारी अधिकृतले नै बैंक सञ्चालक समितिलाई आफु अनुकुल रुपमा निर्णय गराउन लगाउँदै आएका छन् ।

यसै क्रममा जग्गा खरिद उपसमितिमा आफैं बसेर ढुंगानाले सुमार्गीको जग्गा महंगोमा किन्ने निर्णय गराएका छन् । आफुले ठुलो रकम कमिशनका रुपमा लिने योजना अनुसार जसरी पनि सोही जग्गा गरिद गर्ने पक्षमा ढुंगाना छन् । बंगलादेश बैंकको हालै बसेको संचालक समितिको बैठकले बिशालनगरस्थित सुमार्गीको मुक्तीश्री प्रालिको ७ रोपनी ९ आना जग्गा ८४ लाख रुपैंया प्रतिआनाको दरमा किन्ने निर्णय गरेको थियो ।

बैंक संचालक समितिमा जग्गा खरिद प्रकृया अपारदर्शी भएकाले अनियमितता भएको भन्दै फरक मत दर्ता गरेका सञ्चालक दीपक कार्की माथि सोही दिन बेलुका हातपात समेत भएको थियो । प्रमुख कार्यकारी ढुंगानाले बाहिरी मानिसहरु परिचालन गरी सञ्चालक समितिको बैठकबाट सबै सञ्चालक सहितको भोजमा कुटपीट गरेको सञ्चालक कार्कीको आरोप छ । संचालक समितिको बैठकमा फरक मत राखेकोमा बैठकपछि आयोजित रात्रि भोजमा बाहिरी मान्छे परिचालन गरी आफुमाथि कुटपीट भएको आरोप कार्कीले लगाएका छन् ।

नेपाल बंगलादेश बैंक स्रोतका अनुसार बैंकको केन्द्रीय कार्यालय बनाउने नाममा सुमार्गीको १२१ आना जग्गामा प्रतिआना २० लाख रुपैंयाभन्दा बढीको दरले करोडौं रुपैंया घोटालाको जालो बुनिएको हो । बैंक सञ्चालक समितिका साथै जग्गा खरिद समितिको पटक पटकको बैठकका निर्णयमा गरिएका परिवर्तनहरुले पनि यसलाई पुष्टि गर्ने आधार दिएको छ । बैंक सञ्चालक समितिका बैठकहरुमा पनि यस विषयमा फरक फरक निर्णयहरु भएको देखिन्छ ।

अन्तिम पटकको जग्गा खरिद समितिको बैठकमा प्रमुख कार्यकारी अधिकृत ढुंगानाले घोटालाको विषय एक पछि अर्को गर्दै बाहिरिए पछि आफुलाई समितिको आमन्त्रित सदस्यबाट हटाएर जग्गा खरिदको निर्णयमा तिब्र दवाब दिएको खुलेको छ । निरन्तर समितिमा आमन्त्रित सदस्यका रुपमा बसेका ढुगांना अन्तिम निर्णयमा एकाएक निक समितिबाट बाहिरिए भन्ने पनि प्रश्नले पनि घोटालाको विषयलाई मलजल गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।