logo

नेपाल बंगलादेश बैंकको ८० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन हुने

    1060   पटक पढिएको

२ जेठ /अर्थ र व्यापार - नेपाल बंगलादेश बैंकको ८० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन हुने भएको छ । बैंकले जेठ १० गतेदेखि सर्वसाधारणको लागि ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले ‘१०.२५ प्रतिशत एनबिबिएल डिबेन्चर २०८५’ को लागि सार्वजनिक आह्वान गरेको छ । 

सर्वसाधारणले प्रति कित्ता १००० रुपैयाँको दरमा न्युनतम २५ कित्ता र अधिकतम एक लाख कित्तासम्मको लागि आवेदन दिन पाउने छन् । बैंकले पहिलो चरणमा जेठ १४ गतेसम्म निष्काशन गर्नेछ । यदि पहिलो चरणमा बिक्री नभएमा ढिलोमा असार ८ गतेसम्म बिक्री खुला गर्ने निष्काशन तथा बिक्री प्रवन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ । 

बैंकले सर्वसाधारण तर्फको ८ लाख कित्तामध्ये ४० हजार कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । ऋणपत्र धनीहरुले अर्द्धबार्षिक रुपमा ब्याज पाउने छन् । साउन १ र माघ १ मा व्याज भुक्तानी हुने छ । १० बर्ष अवधिको ऋणपत्र निष्काश भएको तीन महिनाभित्रमा नेपाल स्टक एक्सचेन्जमा सूचिकृत हुनेछ । बैंकले आफ्नो पुरक पूँजी बढाउनका लागि ऋणपत्र निष्काशन गरेको हो । ऋणपत्र निष्काशनका लागि गरेको क्रेडिट रेटिङ अनुसार बैंकले ‘इक्रा एनपि आइआर ट्रिपल बि प्लस’ प्राप्त गरेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।