logo

नबिलमा पैसाको कमी छैन तर हामी आफैँले रोपेको बिऊको फल खान चाहन्छौं : अनिल शाह

    1269   पटक पढिएको

पुष ८ / अर्थ र व्यापार - नबिल बैंक अहिले ३५औं वर्षको दौरानमा छ । यो ३५ भन्ने नम्बर हाम्रा लागि धेरै महत्वपूर्ण छ । यो ३५ वर्षको अवधिमा नेपालको ठूलो बजेट, जसले धेरै ऋण लैजानुहुन्छ, त्यो अधिकांश नबिल बैंकको पर्सनल हुन्छ ।

अर्कोतर्फ, निक्षेप हेर्दा पनि धेरैको बजेट नबिल बैंकमै छ । हामी अझैं पनि पहिले गरेकोभन्दा राम्रो सेवा प्रदान गर्ने प्रयास गरिरहेका छौं । गत वर्ष हामीले २० वटा शाखा विस्तार गरेका थियौं । सन् २०२० को जनवरीसम्ममा ४० शाखाहरु विस्तार गर्ने योजनामा छौं ।

ठूलो पुँजी भएका मात्र होइन, सर्वसाधारण नागरिकले पनि नबिल बैंकमा शून्य रकममा बचत खाता खोल्ने वातावरण हामी सिर्जना गरिरहेका छौं । नागरिकमा जिरो ब्यालेन्सको बचत खाता बढाउनका लागि हामी धेरै ठाउँमा शाखा विस्तार गर्ने प्रक्रियामा छौं । हाम्रो अगाडि बढ्ने रफ्तार चाँडो होस् भन्ने मनासायले हामीले अहिले सक्षमसँग सहकार्य गरेका छौं ।

सक्षम र नबिल बैंक मिलेर एसएमई हब बनाऔं भन्ने हो । यो एसएमई हबमा नयाँ किसिमको काम गरौं भन्ने मनसायले यो प्रयास सफल भएको हो । हामीले धेरै कुरा अध्ययन गर्यौं । सबै कुरा अध्ययन गरिसकेपछि बैंकमा ऋण लिँदा समय बढी लाग्छ भन्ने कुरा आयो । यो हाम्रा लागि समस्या हो । यसलाई कति दिनमा गर्ने ? कति हप्तामा गर्ने भन्ने कुरामा पनि अन्तरिक गृहकार्य गर्यौं । अन्तिममा हामीले हाम्रो बैंक पनि ३५ औं वर्षमा प्रवेश गरेको अवसरमा ३५ घण्टामा कर्जा स्वीकृत अवधि तय गरेर नबिल सजिलो एक्सप्रेस कर्जा सार्वजनिक गरेका छौं ।

नबिल बैंकले साना तथा मझौला उद्यम कर्जाको नयाँ प्रस्तुतिका रुपमा आज नबिल सजिलो एक्सप्रेस कर्जा योजना जारी गरेका छौं । कर्जा सम्बन्धी निर्णय प्रकृयालाई गति दिदैँ जोखिममा आधारित मूल्यांकनसहित क्रेडिट स्कोरीङ मोडल कर्जा अंकन ढाँचाका आधारमा यो योजना आरम्भ गरिएको हो । सरल र शीघ्र प्रशोधनसहित अधिकतम १०.५ प्रतिशतको व्याजदरमा यो कर्जा उपलब्ध हुनेछ ।

साना तथा मझौला उद्यमको विकासका निम्ति नबिल बैंक र युकेएड सक्षम मिलेर सहकार्य गरिरहेका छौं । यसैको परिणामस्वरुप नबिल सजिलो कर्जा र नबिल नारी कर्जा योजना ल्याइएको हो । क्रेडिट स्कोरीङ विधिको प्रयोग गर्दै कर्जा स्वीकृत गर्ने तथा व्याजदर तोक्ने नबिल बैंक पहिलो बैंक बन्न पुगेको छ । यसबाट साना तथा मझौला उद्यमका ग्राहकका लागि ७५ लाखसम्मको कर्जा प्रतिष्पर्धी व्याजदरमा उपलब्ध गराइनेछ । ऋणीको कर्जा आवेदनमा शीघ्र निर्णय लिदै आवेदन प्राप्त भएको ३५ घण्टाभित्र स्वीकृति प्रदान गर्ने उद्देश्यले यो योजना जारी गरिएको हो ।

नबिल सजिलो एक्सप्रेस कर्जा योजना निःशुल्क कारोबार सूचना, निःशुल्क मासिक विद्युतीय बैकिङ विवरण, व्यवसायको मुख्य मानिसलाई निःशुल्क क्रेडिटकार्ड हस्तान्तरणका साथै ३५ घण्टाभित्र निर्णय दिइसकिने आकर्षक प्याकेजका साथ आएको छ । यसको एक वर्षका लागि अधिकतम १०.५ प्रतिशत ब्याजदर हुनेछ । यो नेपालमै पहिलो पटक एसएमई कर्जामा आधारित क्रेडिट स्कोरीङ मोडल हो ।

यसमा विदेशी सिस्टमलाई आत्मसाथ तथा बुझेर अगाडि बढ्नका लागि हामीलाई सक्षमको साथ चाहिएको हो । मलाई लाग्छ, नबिल बैंकलाई पैसाको कमि छैन । तपाईले ऋण लिनु भएको छैन वा अब ऋण लिएर कुनै व्यवसाय सुरु गर्न चाहनहुन्छ भने नबिल बैंकको कुनै पनि शाखामा गएर एकछिन कुरा गर्नुस् । ३५ वर्ष अगाडि नबिल बैंकबाट ५र१० लाख ऋण लिएर व्यवसाय सुरु गर्नेहरु आज १र२ अर्ब ऋण लिइरहनु भएको छ । कुनै व्यवसाय गर्न चाहनेहरुले नबिल बैंकमा आएर सजिलो एक्सप्रेस कर्जाको बारेमा जानकारी लिन सक्नुहुन्छ ।

आउने दिनहरुमा एसएमई नै नबिल बैंकको होप इनकमका रुपमा स्थापित हुनेछ । यो दुई चार जनाको प्रयासले एसएमइ सफल हुने होइन, सिंगो टिमले गर्दा नै आज हामी यो सार्वजनिक गर्न सफल भएका हौं । यो धेरै ठुलो रिक्स पनि हो । हामी अहिले जे गरिरहेका छौं, त्यसैलाई मात्र राम्रो गरेपनि हामी धेरै राम्रो गर्न सक्छौं । तर, अहिले जुन रुखको फल खाइरहेका छौं,  त्यो रुख बुढो भइरहेको छ । हामीलाई अब नयाँ रुख चाहिएको हो । अहिले जुन नबिल बैंकमा इन्टर गर्दै हुनुहुन्छ, उहाँहरूले भोलि के फल खाने भन्ने हो ।

हामी आफै बिऊ रोपेर त्यसको फल खान चाहन्छौं । यो एउटा नयाँ कन्सेप्ट हो । यस क्षेत्रमा नबिल बैंक पहिलो स्थानको बैंकको रुपमा मान्यता प्राप्त छ र साना तथा मझौला उद्यम ग्राहक तथा व्यवसायका लागि पनि हामी शीर्ष स्थानमा नै रहन चाहन्छौं । अतः हामीले कर्जा प्रशोधन प्रकृयालाई छिटोछरितो, सहज र सरल बनाउने दिशामा नबिल सजिलो एक्सप्रेस कर्जा जस्ता रचनात्मक योजनाहरु अघि सार्दै साना तथा मझौला उद्यमका ग्राहकको पहिलो रोजाइ बन्नेछौं ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।