logo

नबिल बैंकद्वारा ‘नबिल नारी’ अभियान सञ्चालन गर्दै बचत खातामा ४.७५ प्रतिशतसम्म ब्याज दिने घोषणा

    1739   पटक पढिएको

१४ चैत्र /अर्थ र व्यापार - नबिल बैंकद्वारा महिलाले चलाएको लघुउद्यमलाई १५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइने भएको छ । बैंकले ३.९४ प्रतिशत ब्याजमै ऋण दिने गरी उक्त स्किम ल्याएको हो । बैंकले महिलाकै लागि डेढ करोड रुपैयाँसम्म ऋण दिने अर्को स्किम पनि ल्याएको छ । यसको ब्याज ९.९९ प्रतिशत छ । ब्याज दर एक बर्षसम्म नबढ्ने बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले जानकारी दिए ।

बैंकले महिलाकै लागि उच्चतम ब्याज दरसहितको बचत खाता पनि ल्याएको छ । बैंकले ‘नबिल नारी’ अभियान सञ्चालन गर्दै बचत खातामा ४.७५ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ । नबिल प्रिमियम बचत खातामा ४.७५ प्रतिशत ब्याजका साथै विभिन्न सेवाहरुमा छुट पनि घोषणा गरिएको छ । बचत खाता खोल्नेले कार्ड, डिमान्ड ड्राफ्टरस्फिट ट्रान्सफर र लकर सुविधा उपलब्ध गराउने छ । डेढ करोड रुपैयाँसम्म ऋण उपलब्ध हुने नबिल नारी कर्जा पाउनका लागि महिनाहरुको स्वामित्वमा स्थापित संस्था हुनु पर्छ । संयुक्त लगानीको फर्क भए कम्तिमा ५० प्रतिशत स्वामित्व महिलाको हुनु पर्छ । कम्पनी भए ५१ प्रतिशत शेयर हुनु पर्छ ।

यो ऋण लिनेले ५० हजार रुपैयाँसम्मको क्रेडिट कार्डका साथै एसएमएस सुविधा निशुल्क पाउने छ । यो कर्जा कागजपत्र बुझाएको पाँच दिनभित्र पाइने नपाइने जानकारी ग्राहकले पाउने शाहले जानकारी दिए  यो ऋणमा धितो अनिवार्य छैन । ब्यवसायको संभाब्यता हेरेर बैंकले धितो चाहिने नचाहिने टुङ्गो गर्ने छ । बैंकले नबिल नारी मार्फत ल्याएका तीन बटा ’प्रडक्ट’ को प्रबर्द्धन गर्न नायिका प्रियङ्का कार्कीलाई ‘नबिल नारी’ नियुक्त गरेको छ । उनले यस अभियानमा पाउने पारिश्रमिक आफ्नो फाउन्डेसन ‘आयन्का फाउन्डेसन’ लाई दिएर सामाजिक कार्यमा खर्च गर्ने बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।