logo

नबिल बैंकको व्यवस्थापन विरुद्दको मुद्दा कर्मचारी युनियनले जित्यो

    1567   पटक पढिएको

५ बैशाख /अर्थ र व्यापार - नबिल बैंकको कर्मचारी युनियनले नबिल बैंकको व्यवस्थापन विरुद्द हालेको मुद्दामा श्रम अदालतले कर्मचारी युनियनलाई जिताइदिएको छ । बोनस ऐन अनुसार कर्मचारीले नाफाको १० प्रतिशत बोनस पाउनुपर्छ । तर,नबिल बैंकको व्यवस्थापनले नाफाको ९.१० प्रतिशत मात्र कर्मचारीलाई बोनस दिदै आएको थियो । यो विरुद्दमा नबिल बैंकको कर्मचारी युनियन श्रम कार्यालय पुगेको थियो । 

श्रम कार्यालयले १० प्रतिशत बोनस दिनको लागि आदेश दिएको थियो । पछि यो मुद्दा श्रम अदालतमा पुग्यो । श्रम अदालतले नाफाको १० प्रतिशत नै बोनस दिन बैंकको व्यवस्थापनलाई आदेश दिएको छ । श्रम अदालतको फैसलासँगै नबिल बैंकका कर्मचारीले १० प्रतिशत बोनस पाउने छैनन् । विगतका केहीवर्षदेखि नपाएको सो बराबरको रकम समेत पाउने बाटो खुल्ला भएको नबिल बैंकका एक कर्मचारीले जानकारी दिए । कर कार्यालयले आयकर ऐनलाई व्याख्या गर्ने र श्रमिकले बोनस ऐनलाई ब्याख्या गर्ने हुँदा बोनस नाफाको ९.१ वा १० प्रतिशत कति दिनुपर्ने हो त्यसमा विवाद थियो ।

इन्दुशंकर चिनी मिलको कर्मचारी युनियनले १० प्रतिशत बोनस पाउनुपर्ने माग गर्दै सर्बोच्च अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा सर्बोच्चले १० प्रतिशत बोनस कर्मचारीलाई दिनुपर्ने फैसला गरेको थियो । सर्बोच्चले १० प्रतिशत बोनस दिनुपर्ने फैसला गरेपछि बोनस दिने व्यवसायिक संस्था र कर्मचारी युनियनबीच विवाद थियो । नबिल बैंकको कर्मचारी युनियन सर्बोच्च फैसलाको नजिरलाई आधार बनाएर श्रम अदालतमा गएको थियो । त्यही नजिरलाई टेकेर श्रम अदालतले १० प्रतिशत बोनस दिनुपर्ने फैसला गरेको हो । यो व्यवस्थाले बोनस पाउने कर्मचारीहरुको आम्दानी बढाएको छ । १० प्रतिशत बोनस नदिएका अन्य बैंक तथा वित्तीय संस्था तथा व्यवसायिक प्रतिष्ठानमा समेत यो व्यवस्था लागु हुने छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।