logo

मुक्तिनाथ विकास बैंकको नाफामा वृद्धि, ४० करोड ४८ लाख खुद नाफा आर्जन

    790   पटक पढिएको

१६ माघ/ अर्थ र व्यापार - मुक्तिनाथ विकास बैंकको खुद नाफा गत वर्षको पुस मसान्तको तुलनामा ५३.१३ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष दोस्रो त्रैमासमा २६ करोड ४३ लाख खुद नाफा आर्जन गरेको बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४० करोड ४८ लाख खुद नाफा आर्जन गरेको छ ।

बैंकको खुद नाफामा सुधार आएसँगै प्रतिशेयर आम्दानीमा पनि ६ रुपैयाँ २ पैसाले सुधार देखिएको छ । गत आवको दोस्रो त्रैमासमा २० रुपैयाँ ४० पैसा प्रतिशेयर आम्दानी रहेको बैंकले चालु आर्थिक वर्षको यसै अवधिमा २६ रुपैयाँ ४२ पैसा पुगेको हो । 

बैंकको व्यवसायको आकारसँगै खुद ब्याज आम्दानी बढेसँगै पूँजीवृद्धिको बाबजुत बैंकको इपिएस सहित समग्र सूचाङ्कमा उत्साप्रद सुधार गर्न सफल बनेको हो । यस अवधिमा बैंकले खुद ब्याज आम्दानी ५३.८३ प्रतिशतले बढेर ८५ करोड ८७ लाख पुगेको छ । गत आवको पुस मसान्तसम्ममा बैंकले ५५ करोड ८२ लाख खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकले २ अर्ब ५९ करोड १७ लाखको चुक्ता पूँजी १८.२५ प्रतिशतले बढाएर ३ अर्ब ६ करोड ४७ लाख पुर्याएको छ भने जगेडा कोषमा ३४ प्रतिशतले सुधार गर्दै ८५ करोड ४९ लाख रुपैयाँ सञ्चित गरेको छ । बैंकले ३८ अर्ब १३ करोड ८२ लाख निक्षेप संकलन र एक अर्ब २२ करोड सापटीबाट ३२ अर्ब ९७ करोड ८१ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ । यस अवधिमा बैंकले निक्षेप प्रतिशत र कर्जा लगानी प्रतिशतले बढाएको हो ।

बैंकको निष्क्रिय कर्जा अनुपात ०.०५ प्रतिशत पुगेको छ भने प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ८९ पैसा तथा मूल्य आम्दानी अनुपात १३.३२ गुणा बढी छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।