logo

आज नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्रा विनिमय दर

    1016   पटक पढिएको

२३ माघ /अर्थ र व्यापार - मंगलबार केही बढेको रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्रा बुधबार फेरि घटेको छ ।  बुधबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ २० पैसा र बिक्रीदर ११४ रुपैयाँ ८० पैसा तोकेको छ । मंगलबार डलरको खरिददर ११४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११५ रुपैयाँ १९ पैसा थियो । 

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ४५ पैसा र बिक्रीदर ३० रुपैयाँ ६१ पैसा छ । मंगलबार खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा थियो । यस्तै बुधबार कतारी रियाल १ को ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५३ पैसा तोकिएको छ । मंगलबार यसको खरिददर ३१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा थियो । 

यस्तै यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २६ पैसा  पुगेको छ । मंगलबार खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा थियो । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ रुपैयाँ ०५ पैसा तोकिएको छ । मंगलबार रिंगिटको खरिददर २७ रुपैयाँ ९९ पैसा र बिक्रीदर २८ रुपैयाँ १४ पैसा थियो । 

कुवेती दिनार १ को खरिददर ३ सय ७६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३ सय ७८ रुपैयाँ ३३ पैसा तथा बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ९३ पैसा तथा बिक्रीदर ३०४ रुपैयाँ ५२ पैसा तोकिएको छ । मंगलबार कुवेती दिनार १ खरिददर ३७७ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ९७ पैसा तथा बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ९५ पैसा तथा बिक्रीदर ३०५ रुपैयाँ ५४ पैसा थियो ।

त्यस्तै कोरियन वन एकसयको खरिददर १० रुपैयाँ २१ पैसा र बिक्रीदर १० रपैयाँ २६ पैसा छ । मंगलबार एक सयको खरिददर १० रुपैयाँ २३ पैसा र बिक्रीदर १० रपैयाँ २८ पैसा थियो ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।