logo

सोमबार रुरल माईक्रोफाइनान्सको संस्थापक सेयर लिलामीमा किन्ने अन्तिम दिन

    1464   पटक पढिएको

१९ असार / अर्थ र व्यापार – नेपाल ग्रामिण विकास बैंकले असार १२ गतेदेखि खुला गरेको रुरल माईक्रोफाइनान्सको ८८ हजार पाँच सय ६४ दशमलव ७४ कित्ता संस्थापक सेयर लिलाममा आवेदन गर्ने सोमबार अन्तिम दिन हो ।

नेपाल ग्रामीण बैंकले आफ्नो स्वामित्वमा रहेको रुरल माईक्रो फाईनान्स कम्पनीका संस्थापक सेयर साबिकका माईक्रोफाईनान्सको संस्थापक सेयरधनीलाई बेच्न यसअघि जेठ १६ देखि २२ गतेसम्म लिलामी खोलेको थियो । सो समयमा माईक्रोफाईनान्सका संस्थापकबाट एक कित्ता सेयरमा समेत आवेदन नपरेपछि हाल सर्वसाधारणले समेत आवेदन गर्न पाउने गरी लिलामी खुला गरिएको हो ।

ईच्छुक लगानीकर्ताले कम्पनीको लिलामी सेयरमा सोमबार कार्यालय समयभित्र विक्री प्रबन्धक एनएमबि क्यापिटलमा न्युनतम एक हजार कित्तादेखि सबै कित्ताका लागि आवेदन गर्न सकिने छ । बोलपत्र असार २० गते मंगलबार एनएमबि क्यापिटलमा दिउँसो ४ बजे खोलिने छ ।

रुरल माईक्रोफाईनान्सको संस्थापक सेयर नेपाल ग्रामिण विकास बैंकले पाँच सय एक रुपैयाँ न्युनतम मूल्य राखेर लिलाम बढाबढ मार्फत विक्री गर्न लागेका हो । यसबाट बैंकले प्रतिकित्ता ४०१ रुपैयाँको दरले न्युनतम तीन करोड ५४ लाख ७५ हजार रुपैयाँ बढि प्रिमियम संकलन गर्नेछ भने चार करोड ४३ लाख ७० हजार बढि आम्दानी गर्नेछ ।

संकलित प्रिमियम रकम नेपाल ग्रामीण बैंकको जगेडाकोषमा जम्मा हुने भएकाले सो रकम पछि लगानीकर्तालाई बोनस वितरणका लागि प्रयोग गर्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।