logo

मिथिला लघुवित्तद्वारा ३ लाख २९ हजार ८९० कित्ता हकप्रद शेयर निष्काशन

    1333   पटक पढिएको

१७ माघ/ अर्थ र व्यापार - मिथिला लघुवित्तले आज देखि चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद बिक्रीमा ल्याएको छ । लघुवित्तले २ः१ अनुपातमा ३ करोड २९ लाख ८९ हजार रुपैयाँ बराबरको ३ लाख २९ हजार ८९० कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।लघुवित्तको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक काठमाडौं क्यापिटल रहेको छ । हकप्रद निष्काशनका लागि कम्पनीले माघ १ गते शेयरधनी किताब बन्द गरेकाले यस हकप्रदमा पुस ३० गतेसम्म कायम रहेका शेयरधनीले मात्र आवेदन गर्न पाउनेछन् ।

लघुवित्तको हकप्रदलाई केयर रेटिङ्गस् नेपालले औसतभन्दा तल जनाउने केयर एनपि आईपिओ ग्रेड ४ ग्रेडिङ्ग प्रदान गरेको छ । शेयरधनीले धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाका अलवा मेरो शेयरबाट लघुवित्तको हकप्रदमा फागुन २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

हाल ६ करोड ५९ लाख ७७ हजार ९३८ रुपैयाँ चुक्ता पूँजी रहेको छ । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १०.४५ प्रतिशत (६८ लाख ९४ हजार ६९५ रुपैयाँ) बोनस शेयर वितरण गर्ने प्रस्ताव गरिसकेको छ । हकप्रद र बोनसपछि मिथिलाको चुक्ता पूँजी १० करोड ५८ लाख ६१ हजार ६०२ रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले ३५ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५३ पैसा कायम गरेको छ ।

लघुवित्त धितोपत्र बोर्डबाट पुस १३ गते चुक्ता पूँजीको ५० प्रतिशत अर्थात २ बराबर एक अनुपातमा हकप्रद बिक्री गर्न अनुमति पाएको थियो । लघुवित्तले चालू आर्थिक वर्षको प्रथम त्रैमासमा ३५ लाख ५० हजार खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५३ पैसा कायम गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।