logo

मेरो माइक्रोफाइनान्सको हकप्रद भर्ने आज अन्तिम दिन

    1962   पटक पढिएको

२४ चैत्र /अर्थ र व्यापार - मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्त कम्पनीले फागुन १९ गते आइतबारदेखि शतप्रतिशत हकप्रद निष्काशन गरेको थियो । मेरो माइक्रोफाइनान्सले ग्लोबल आईएमई क्यापिटल मार्फत एक बराबर एक अनुपातमा ३२ करोड ८९ लाख रुपैयाँ बराबरको ३२ लाख ८९ हजार कित्ता हकप्रद बिक्री खुला गरेको हो ।

माइक्रोफाइनान्स सञ्चालक समितिको माघ १५ गते मंगलबार सम्पन्न ८१ औं सञ्चालक समितिको बैठकले हकप्रद निष्काशन गर्न माघ २४ गते बिहीबार शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो। यसअनुसार माघ २३ गते बुधबारसम्म कायम शेयरधनीले मात्र यो हकप्रद भर्न पाउनेछन् ।

शेयरधनीले मेरो शेयर सफ्टवेयर, धितोपत्र बोर्डबाट आस्वा सदस्य प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट सि आश्वा प्रणाली, बिक्री प्रबन्धकको कार्यालय जमल, तथा मेरो माइक्रोफाइनान्सको सबै शाखा कार्यालयबाट चैत २४ गते आइतबार कार्यालय समयभित्र आवेदन दिई सक्नुपर्नेछ । हाल ३२ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको माईक्रोफाइनान्सको १ः१ अनुपातमा ३२ लाख ८९ हजार कित्ता हकप्रद शेयर बिक्री पश्चात ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ ।

माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड १८ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएर वार्षिक प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ६२ पैसा रहेको छ । चैत २१ गते बिहीबार माइक्रोफाइनान्सको शेयरमूल्य प्रतिकित्ता ५५० रुपैयाँमा कारोबार भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।