logo

महालक्ष्मी लाइफको कूल बीमा शुल्क आर्जन १७१% ले बढ्यो, जीवन बीमा कोष ४२ करोड ३४ लाख

    1281   पटक पढिएको

२४ माघ / अर्थ र व्यापार - महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको समिक्षा अवधिसम्ममा कूल बीमा शुल्क आर्जन १७१ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीले यस अवधिसम्ममा २८ करोड ७२ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १० करोड ५८ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो ।

१ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले समिक्षा अवधिसम्ममा जगेडा कोषमा ५ करोड ७६ लाख रुपैयाँ संचिती गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले जगेडा कोषमा ३ करोड २४ लाख रुपैयाँ मात्र संचिती गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषमा ७७ प्रतिशतले संचिती बढी हो ।

पुष मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा ४२ करोड ३४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ३१ करोड ११ लाख रुपैयाँ मात्र रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमा कोष ३६ प्रतिशतले बढी हो ।

समिक्षा अवधिसम्ममा कम्पनीले ९ लाख ६६ हजार रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार बैदेशीक रोजगार पुल मार्फत कम्पनीले सोही मात्रको बीमा दाबी भुक्तानी गरेको जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ३८५ प्रतिशतले बढी हो । कुल दाबी भुक्तानी भने शुन्य छ ।

त्यस्तै, यस अवधिसम्म कम्पनीको कूल कायम रहेको जारी बीमालेख संख्या ६ हजार ७ सय ६९ वटा छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ हजार २ सय ९१ वटा मात्र बीमालेख जारी गरेको थियो ।
कम्पनीको नाफा १४१ प्रतिशतले बृद्धि भएको छ । यस अवधिसम्म कम्पनीले ५ करोड ५१ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । यस अवधिसम्म कम्पनीको प्रति शेयर आम्दानी ७ रुपैयाँ ४० पैसा रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।