logo

महालक्ष्मी विकास बैंक दमौली शाखाद्वारा प्रहरीलाई ज्याकेट प्रदान

    1447   पटक पढिएको

१३ बैशाख / अर्थ र व्यापार- महालक्ष्मी विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न शाखाहरुबाट विभिन्न कायक्रमहरु गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै दमौली शाखाले जिल्ला प्रहरी कार्यालय तनहूँलाई १ सय थान फ्लोरेसेन्ट ज्याकेट हस्तान्तरण गरेको छ । समाजमा अपराध तथा सवारी दुर्घटना बढिरहेको अवस्थालाई मध्यनजर गर्दै अपराध नियन्त्रण र सवारी दुर्घटना रोकथामका लागि सहज होस् भन्ने मनसायले उक्त ज्याकेट प्रदान गरिएको शाखाले बताएको छ ।

जनताको सुरक्षाका लागी अहोरात्र खट्ने प्रहरीलाई सजिलै देख्न सक्ने र सम्भावित दुर्घटनालाई कम गर्नेछ भन्ने अपेक्षा राखेर ज्याकेट प्रदान गरिएको दमौली शाखाका प्रबन्धक सुदिप न्यौपानेले बताए । ५८ हजार रुपैयाँ बरावरका १०० थान फ्लोरेसेन्ट ज्याकेट प्रबन्धक सुदिप न्यौपानेले जिल्ला प्रहरी कार्यालय तनहूँका प्रहरी उपरिक्षक अरुण पौडेललाई हस्तान्तरण गरे ।

उक्त अवसरमा प्रहरी उपरिक्षक अरुण पौडेलले बैंकको यो सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमले प्रहरीलाई आफ्नो कार्य गर्न थप टेवा पुग्ने बताए । उक्त अवसरमा जिल्ला ट्राफिक कार्यालय तनहूँका प्रमुख डोलेन्द्र बहादर हमालले बैंकको यो कार्यले रातमा पनि सवारी साधनहरुको चेकजाँच गर्न अझ सहज हुने बताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।