logo

पुस २० गते माछापुच्छ्रे बैंकको बार्षिक साधारणसभा 

    1313   पटक पढिएको

२८ मंसिर/ अर्थ र व्यापार - माछापुच्छ्रे बैंकले पुस २० गते बार्षिक साधारणसभा गर्ने भएको छ । बैंकले साधारणसभाबाट सञ्चालक समितिले घोषणा गरेको १० प्रतिशत नगद लाभांस र संस्थापक शेयरधनीहरुको तर्फबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने भएको छ । 

साधारणसभामा माछापुच्छ्रे बैंक र अन्य उपयुक्त बैंक एक आपसमा गाभ्ने गाभिने वा रणनीतिक साझेदार भित्र्याउने सम्बन्धमा आवस्यक प्रकृया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव गरेको छ । यसका साथै प्रचलित कानुन बमोजिम बैंकले सहायक कम्पनी खोलेर जीवन बीमा, निर्जीवन बीमा, भेञ्चर क्यापिटल, हेज फण्ड, क्रेडिट रेटिङ, धितोपत्र बजार, स्टक एक्सचेन्ज, मर्चेन्ट बैंकको सेवा दिने विषयमा आवस्यक प्रकृया पुरा गर्नेको लागि पनि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव गरेको छ ।

सञ्चालक समितिको अध्यक्ष र सदस्यको बैंठक भत्ता क्रमश १५ हजार रुपैयाँ र १२ हजार रुपैयाँ कायम गर्ने भएको छ । साधारणसभा प्रयोजनको लागि बैंकले पुष ६ गते बुक क्लोज गर्ने भएको छ । पुष ५ गतेसम्म कायम शेयरधनीहरुले १० प्रतिशत नगद लाभांस पाउनेछन् । त्यस्तै मिर्मिरे लघुवित्त वित्तीय संस्थाले पुस २१ गते बार्षिक साधारणसभा डाकेको छ । साधारणसभाबाट सञ्चालक समितिले यस अगाडि घोषणा गरेको २४ प्रतिशत बोनस शेयर पारित गर्नेछ । संस्थाले बोनस शेयरपछि कायम हुने शेयर पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव गरेको छ । 

संस्थाको हालको चुक्ता पूँजी १० करोड ३८ लाख रुपैयाँ रहेको छ । बोनस शेयरपछि १२ करोड ८७ लाख रुपैयाँ पुग्नेछ । साथै हकप्रद शेयर निष्काशन पस्चात १९ करोड ३१ लाख रुपैयाँ पुर्याउने भएको हो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।