logo

लुम्बिनी विकास बैंकको वित्तीय विवरण सार्वजनिक

    1519   पटक पढिएको

११ बैशाख /अर्थ र व्यापार - लुम्बिनी विकास बैंकको खुद नाफामा उच्च वृद्धि भएको वित्तीय विवरण सार्वजनिक भएको छ । बैंकले बुधबार सार्वजनिक गरेको वित्तीय विवरणमा गत आवको तेस्रो त्रैमासको तुलनामा ८६.२६ प्रतिशतले खुद नाफा बढेको हो ।
चालु आवको तेस्रो त्रैमासमा बैंकले ३४ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा बैंकले १८ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको नाफा गत आवको तेस्रो त्रैमासभन्दा १५ करोड ९० लाख रुपैयाँ बढी नाफा कमाएको हो ।

समीक्षा अवधिमा बैंकले निक्षेप संकलन २५ तथा कर्जा लगानीलाई २७ प्रतिशत बढीले विस्तार गरेको हो । जसबाट बैंकको खुद ब्याज आम्दानी ३७ प्रतिशतले बढेको छ । चैत मसान्तसम्म बैंकले २४ अर्ब ३५ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन गरि २२ अर्ब ३६ करोड २७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकको खुद ब्याज आम्दानी ७३ करोड २४ लाख रुपैयाँ कमाएको हो ।
दुई अर्ब २० करोड ९७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब रुपैयाँ ४६ करोड १४ लाख रुपैयाँ सञ्चित छ । चुक्ता पूँजी २.८० प्रतिशतले बढाएको बैंकको जगेडा कोष २७ प्रतिशतले सुधारिएको हो । पूँजी वृद्धिको तुलनामा बैंकको नाफा उच्च हुँदा यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ४४ पैसाबाट २० रुपैयाँ ७३ पैसा पुगेको छ । बैंकको निष्कृय कर्जा अनुपात पनि २.५९ बाट घटेर २.१३ प्रतिशतमा सीमित भएको छ ।

प्रतिशेयर प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ३२ पैसा रहेको बैंकको मूल्य आम्दानी अनुपात ८.४० गुणा धेरै छ । बैंकको आधार ब्याजदर ११.१३ र कोषको लागत ८.७८ प्रतिशत रहेको छ । आधार ब्याजदर १.६२ प्रतिशत र निक्षेप संकलन लागत ०.४३ प्रतिशतले सुधार भएको हो । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।