logo

कुमारीको तीन अर्बको ऋणपत्र बिक्री खुला, सर्वसाधारणलाई एक अर्ब २० करोड, ब्याजदर १०.२५%

    1389   पटक पढिएको

 १४ पुष / अर्थ र व्यापार - कुमारी बैंकले सोमबार तीन अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको छ। १०.२५ प्रतिशत ब्याजदरमा सर्वसाधारणका लागि एक अर्ब २० करोड रूपैयाँको ऋणपत्र निष्कासन गरेको हो। 

बैंकले प्रति डिबेन्चर एक हजार रूपैयाँ दरमा १२ लाख कित्तामध्ये ६ लाख कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएको छ। बाँकी एक अर्ब ८० करोड रूपैयाँको ऋणपत्र बैंक आफैंले प्राइभेट प्लेसमेन्टबाट बिक्री गर्नेछ। लगानीकर्ताहरूले छिटोमा पुस १७ गतेसम्म र पहिलो चरणमा बिक्री नभए ढिलोमा माघ १४ गतेसम्म बिक्री खुला गर्नेछ। सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम १२ लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने छन्। इक्रा नेपालले गरेको क्रेडिट रेटिङअनुसार मध्यम किसिमको जोखिम जनाउने ‘इक्रा एनपी एल ट्रीपल बी प्लस’ प्राप्त गरेको छ।

 लगानीकर्ताले आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीयबाट आवेदन दिन सक्ने छन्। ऋणपत्रधनीले अर्धवार्षिक रूपमा तोकिएको ब्याज प्राप्त गर्नेछन्। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ रहेको छ। राष्ट्रिय स्तरको वाणिज्य बैंक कुमारीको चुक्ता पुँजी ८ अर्ब ६८ करोड रूपैयाँ छ। जगेडा कोषमा दुई अर्ब ५२ करोड रूपैयाँ छ। तीन अर्ब रूपैयाँको ऋणपत्र निष्कासनसँगै बैंकको दीर्घकालीन पुँजी तथा पुँजी कोष थप बढ्नेछ। 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकहरूका लागि ऋणपत्र निष्कासन अनिवार्य गरेको छ। उक्त व्यवस्थालाई पालना गर्ने क्रममा कुमारीले पनि ऋणपत्र निष्कासन गरेको हो। अन्य बैंकहरूले ५र७ वर्षका लागि ऋणपत्र निष्कासन गर्दै आएकोमा कुमारीले भने एकैपटक १० वर्षे अवधिको ऋणपत्र निष्कासन गरेको हो। यसले बैंकलाई वर्षको दायित्व सिर्जना गर्नेछ। 
बढ्दो क्रममा रहेको ब्याजदरले गर्दा लगानीकर्ताहरूको ध्यान ऋणपत्रमा छैन। तर बैंकले लगानीकर्तालाई आकर्षित गर्न १० वर्षको लागि ऋणपत्र निष्कासन गर्न लागेको हो। बैंकसँग ७८ अर्ब रूपैयाँभन्दा माथि निक्षेप छ। साथै ७६ अर्ब रुपैयाँभन्दा माथिको कर्जा लगानी छ। निक्षेप र कर्जाको अन्तर कम हुँदा बैंकको पुँजीकोष अनुपात ११.५७ प्रतिशत छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।