logo

कुमारी बैंकको बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

    1192   पटक पढिएको

५ बैशाख /अर्थ र व्यापार - कुमारी बैंकको प्रस्तावित २ बर्षको कूल २१.२५ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । बैंकले साधारण सभाका लागि बैशाख ६ गते शुक्रबार बुकक्लोज गर्दैछ । यसअनुसार बैंकको बोनस पाउन बिहीबारसम्म शेयरधनी बनिसक्नुपर्ने हुन्छ ।   

बैंकको शेयरमूल्य बैशाख ४ गते बुधबार प्रतिकित्ता २५८ रुपैयाँमा कारोबार भएको छ । बैंकले आगामी बैशाख २६ गते बिहीबार एकैदिन सत्रौं र अठारौं वार्षिक साधारण सभा आह्वान गरेको छ । आर्थिक वर्ष २०७३र७४को पनि साधारण सभा गर्न बाँकी रहेको बैंकले २०७४र७५ को सहित एकैदिन सभा आह्वान गरेको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बिहान १०स्३० बजे डाकेको साधारण सभामा आर्थिक वर्ष २०७३र७४ को मुनाफाबाट १२.७५ प्रतिशत र आर्थिक वर्ष २०७४र७५ को मुनाफाबाट ८.५० प्रतिशत गरि कूल २१.२५ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव छ । यसैगरि बैंकको आफैँ वा सहायक कम्पनी मार्फत धितोपत्र दलाल सम्बन्धि कार्य गनै प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, उपयुक्त संस्थासँग मर्जर तथा प्राप्तीका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, संस्थापक र सर्वसाधारण शेयरधनीको तर्फबाट २र२ जना गरि ४ जना सञ्चालक निर्वाचन गर्ने, बैंकको केन्द्रीय कार्यालय टंगालमा रहने गरि प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने लगायतका मुख्य एजेण्डा रहेका छन् ।

एक अर्ब ५२ करोड २१ लाख ७८ हजार १३९ रूपैयाँ बोनस वितरण पश्चात बैंकको चुक्त्ता पूँजी ८ अर्ब ६८ करोड ४५ लाख ७३ हजार ११९ रूपैयाँ पुग्नेछ । बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली र काक्रेविहार विकास बैंक तथा पश्चिमाञ्चल फाइनान्सलाई प्राप्ती गरेको कारण बोनसमा कर नलाग्ने भएकाले नगद लाभांश प्रस्ताव नगरेको जनाएको छ । बैंकले २०७४ असार १६ गतेदेखि चारवटै संस्थालाई प्राप्ती गरि एकीकृत कारोबार थालेको थियो ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।