logo

एनआईसी एसिया बैंक र खल्तीद्वारा संयुक्त रुपमा विशेष बोनस अफरको घोषणा

    1319   पटक पढिएको

१९ बैशाख /अर्थ र व्यापार - खल्ती र एनआईसी एशिया बैंकले संयुक्त रुपमा आफ्ना ग्राहकहरूको लागि एक विशेष बोनस अफरको  घोषणा गरेका छन् । उक्त अफरमा एनआईसी एशिया बैंकद्वारा जारी क्रेडिट तथा डेबिट कार्डहरू प्रयोग गरेर खल्ती वालेटमा फण्ड लोड गर्दा प्रयोगकर्ताले १० प्रतिशत अतिरिक्त बोनस प्राप्त गर्नेछन् ।

यो योजना मे २, २०१९ (बैशाख १९, २०७६), एक दिनको लागि मात्र लागु हनेछ । बैंकद्वारा जारी गरिएका कार्डहरू मार्फत आफ्नो खल्ती खाता लोड गर्दा प्रयोगकर्ताहरूले तुरुन्तै बोनस रकम पाउनेछन् । प्रयोगकर्ताले यसरी प्राप्त गर्ने बोनस रकम अधिकतम  १००० रुपैयाँ (कर सहित) मात्र हुनेछ । प्रत्येक खल्ती प्रयोगकर्ताले यो योजनामा दिनभरमा एकपटक मात्र सहभागी हुन सक्नेछन्  । 

यसरी प्राप्त गरिएको बोनस खल्ती डिजिटल वालेटमा उपलब्ध कुनैपनि प्रकारको डिजिटल भुक्तानी सेवामा प्रयोग गर्न सकिनेछ । यसका अतिरिक्त, एनआईसी एशिया बैंकले ग्राहकहरुका लागि मोबाइल बैंकिङ सेवामा अनलाइन दर्ता सुविधा समेत खुला गरेको छ । ग्राहकहरु जसले मोबाइल बैंकिङ्ग सेवा लिएका छैनन्, उनीहरुले अनलाईनबाटै मोबाइल बैंकिङ्गको लागि साइनअप गरी युजरनेम र पासवर्ड प्राप्त गर्न सक्नेछन् । राष्ट्रिय आईसीटी दिवस प्रत्येक वर्ष नेपालमा मे २ का दिन मनाउँदै आइएको छ । सुचना प्रविधि विभाग तथा विभिन्न सुचना प्रविधि सम्बन्धित संस्थाहरूद्वारा विभिन्न कार्यक्रम सञ्चालन गरी यस दिनलाई राष्ट्रिय प्राविधिक उत्सवको रूपमा मनाईन्छ । हरेक वर्ष यसै दिन सुचना प्रविधि क्षेत्रमा रहि विभिन्न योगदान पुराउने व्यक्तित्वहरुलाई ‘राष्ट्रिय आईसीटी पुरस्कार ’समेत प्रदान गरि सम्मान गरिन्छ ।

सन् २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो । खल्ती एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इण्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ तथा अन्य थुप्रै सेवाहरु लिन सकिन्छ । हाल खल्ती प्रयोगकर्ताहरुको संख्या ८ लाख भन्दा बढि रहेको छ । त्यस्तै, निजी क्षेत्रको प्रमुख व्यावसायिक बैंकहरु मध्यको एक – एनआईसी एशिया बैंकको मुलुकभर २८४ शखा कार्यालयहरु, २८९ एटीएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखा रहित बैंकिङ्ग ईकाई छन् । बैंकमा करिब १६ लाख ग्राहकहरू रहेका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।