logo

काभ्रेमा लघुवित्त संस्थाहरूको मानव संशाधन व्यवस्थापन विषयको सम्मेलन सुरु

    1284   पटक पढिएको

१२ असार / अर्थ र व्यापार - काभ्रेमा लघुवित्त संस्थाहरूको मानव संशाधन व्यवस्थापन विषयको सम्मेलन सुरु भएको छ । स्वावलम्बन विकास केन्द्रको आयोजना मंगलबारदेखि धुलिखेलमा सुरु भएको उक्त सम्मेलनमा २४ लघुवित्त संस्थाहरूबाट ३५ जना लघुवित्तका उच्च व्यवस्थापकीय पदाधिकारीहरूको सहभागिता छ । 

मानव संशाधन व्यवस्थापन र विकासमा देखिएका समस्या, अवरोध र चुनौतीहरूको पहिचान गरी सुधारका उपायहरू पहिल्याउन र लघुवित्त कार्यक्रमको दर्शन र सिद्धान्त अनुरुप अगाडि बढाउन चाहिने मानव संशाधन र सकारात्मक सोच भएको जनशक्ति निर्माण तथा व्यवस्थापन गर्न सीप र दक्षता वृद्धि गर्ने प्रयास यस सम्मेलनको छ । 

यस क्रममा ग्रामीण बैंक बंगलादेशका जनशक्ति विकासको सिद्धान्त, नीति र पद्धतिका बारेमा अनुभव बटुल्न उक्त बैंकको जनरल म्यानेजर मोहम्मद अबुल हुसेनबाट अनुभव प्रस्तुतीकरण गर्ने कार्य भएको छ । साथै व्यवस्थापन विज्ञ विकल शेरचनले कर्मचारीमा आवश्यक उत्प्रेरणा र प्रभावकारी संवादको महत्वबारे समेत प्रस्तुतीकरण गरे । 

यस सम्मेलनमा मानव संशाधन विकास, कर्मचारी व्यवस्थापन, कर्मचारी उत्प्रेरणा, संस्थागत सुशासन, ऋण व्यवस्थापनलगायत अन्य विषयमा ग्रामीण बैंकको अभ्यास र अनुभव प्रस्तुत गर्ने र मानव संशाधनमा रहेका विद्यमान समस्या र चुनौतीका विषयमा समूहगत छलफल र प्रस्तुतिकरण कार्यक्रमसमेत राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।