logo

कन्काई विकास बैंकको सेयर मूल्य समायोजन

    1439   पटक पढिएको

१९ असार / अर्थ र व्यापार – कन्काई विकास बैंकको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार सेयरमूल्य समायोजन भएको छ । बैंकले जारी गर्न लागेको २१४ प्रतिशत हकप्रदपछि बैंकको सेयरमूल्य समायोजन भएको हो ।

बैंकको २११४ प्रतिशत हकप्रदलाई समायोजन गर्दा बैंकको मूल्य २३१ रुपैयाँ निर्धारण हुन आएको छ । यसअनुसार बैंकको सेयर कारोबार सोमबार २१३ रुपैयाँबाट सुरु भएको छ । नेप्सेले बैंकको १८० दिनको सेयर कारोबारको आधारमा औसत आधार मूल्य २९९ रुपैयाँँ निर्धारण भएको छ । 

कन्काईले धितोपत्र बोर्डबाट एक बराबर दुई दशमलव १४ कित्ताको अनुपातमा हकप्रद बिक्री गर्न अनुमति पाइसकेको छ । बैंकको हकप्रद निष्काशनको काम सिद्धार्थ क्यापिटलले गर्नेछ भने बैंकको हकप्रदमा असार १८ गते आइतबारसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।

हाल १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको हकप्रद विक्री पश्चात ४७ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा तीन करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी बार्षिक २० रुपैयाँ ९७ पैसा कायम गरेको छ ।

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।