logo

नेप्सेद्वारा काबेली र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का

    1588   पटक पढिएको

६ माघ /अर्थ र व्यापार  - काबेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर कारोबार नेप्सेले रोक्का गरेको छ । दुई बैंकले मर्जरमा जाने सम्झौता गरेकाले गाभ्ने वा गाभिने सम्बन्धी नियमावली २०७३ को विनियम ६ (१) बमोजिम दुबै कम्पनीको शेयर कारोबार माघ ४ गतेबाट रोक्का गरिएको हो ।

दुई विकास बैंकले गत शुक्रबार मर्जरको घोषणा गरेका थिए । अब नयाँ संस्था कायम नहुन्जेलसम्मलाइ शेयर कारोबार रोक्का भएको नेप्सेले जनाएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको इजाजत प्राप्त सप्तकोशी डेभलपमेन्ट बैंक र काबेली विकास बैंकबीच १ः१ रेसियो अनुपातमा एकअर्कामा गाभिने सहमति भएको छ । वि.सं २०७६ साउन १ गतेबाट संयुक्त कारोबार गर्ने लक्ष्यसहित दुबै बैंकबीच मर्जर हुने सहमति भएको हो ।

मर्जर सम्बन्धि सम्पुर्ण कार्य गर्नका लागि सप्तकोशी डेभलपमेन्ट बैंकका सञ्चालक बलराम बरालको संयोजकत्वमा ६ सदस्यीय संयुक्त मर्जर समिति गठन गरिएको छ ।अन्य सदस्यमा सप्तकोशीका यज्ञप्रसाद शर्मा र डाक्टर अर्जुन बराल तथा काबेलीका जनार्दन घिमिरे, गणेशप्रसाद बराल र हेमराज सुवेदी रहनेछन् ।

नेपाल राष्ट्र बैंकले प्रादेशिक स्तरको बैंक हुन १ अर्ब २० करोड चुक्ता पूँजी चाहिने भनी बनाएको नियम अनुसार यस बैंकले हकप्रद र बोनस शेयर मार्फत् पूँजी वृद्धि गर्ने निरौलाले जानकारी दिए । मर्जरपछि बन्ने सप्तकोशी डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ८१ करोड पुग्नेछ । प्रादेशिक स्तरको बैंकका लागि आवश्यक पर्ने थप ३९ करोड पूँजी हकप्रद र बोनस शेयरमार्फत कायम गर्ने तयारी गरेको छ ।

२८ वटा शाखा कार्यालय सहित प्रदेश १ को सबैभन्दा ठूलो विकास बैंक हुने र केन्द्रीय कार्यालय धनकुटामा र कर्पोरेट कार्यालय विराटनगरमा राखिनेछ । मर्जरपछि बैंकले दुई वर्ष्भित्र प्रदेश नम्बर १ का १४ वटै जिल्ला र सबै स्थानीय तहमा शाखा खोल्ने लक्ष्य लिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।