logo

ज्योति विकास बैंकको चमत्कारीक प्रगति, खुद नाफा ११७ प्रतिशतले बढ्यो

    1515   पटक पढिएको

  २ मंसिर / अर्थ र व्यापार - ज्योति विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ११७.६७ प्रतिशतले वृद्धि गरेर चमत्कारीक सुधार गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिमा बैंकले १३ करोड ७९ लाख रुपैंया खुद नाफा आर्जन गरेको छ।

बैंकले खर्च व्यवस्थापन गर्दै आफ्नो व्यवसाय विस्तारलाई आक्रमक बनाउँदा नाफामा चमत्कारिक सुधार देखिएको हो । तर  बैंकको तीन महिनाको वितरयोग्य मुनाफा ३ करोड ७ लाख मात्र रहेको छ। राष्ट्र बैंकेले तोकेको प्रावधान अनुरुप बैंकले बैधानिक जगेडा कोष र नियामकीय जगेडा कोषमा १० करोड ७२ लाख ९४ हजर रुपैयाँ व्यवस्थापन गर्दा वितरणयोग्य मुनाफामा कमी आएको हो ।

प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ ८१ पैसा कायम भएको छ। गत आवको यसै अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७८ पैसा थियो ।
यस अवधिमा बैंकले गत वर्षको यसै अवधिको तुलनामा १५ करोड ९८ लाख रुपैयाँ धेरै अर्थात ३६ करोड ९६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

तीन अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३१ करोड ७७ लाख रुपैयाँ , शेयरधनी कोषमा ६४ करोड ७ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा ३० अर्ब ७२ करोड ५२ लाख रुपैंया निक्षेप संकलन गरेको बैंकले २६ अर्ब १८ करोड ७१ लाख रुपैंया कर्जा परिचालन गरेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात भने ०.३९ प्रतिशतबाट ०.८३ प्रतिशतमा बढेको छ। बैंकको प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ५१ पैसा छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।