logo

आक्रामक व्यापार विस्तार गर्दै ज्योति लाइफ इन्स्योरेन्स, जीवन बीमा कोषमा १ अर्बमाथि

    1495   पटक पढिएको

१२ माघ / अर्थ र व्यापार - चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय प्रतिवेदन प्रकाशन गर्ने ज्योति लाईफ इन्स्योरेन्स पहिलो बीमा कम्पनी भएको छ। कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ७५ करोड १३ लाख कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३१ करोड ८३ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो।  यसरी कुल बीमा शुल्क आर्जन रकम १३६ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।

जीवन बीमा कम्पनीको जीवन बीमा कोषको ठुलो महत्तो रहेकोमा ज्योति लाइफको जीवन बीमा कोष २६७ प्रतिशतले वृद्धि हुँदै १ अर्ब २० करोड पुगेको छ। जगेडा कोष पनि ९५ प्रतिशतले वृद्धि हुँदै ३३ करोड ४६ लाख पुगेको छ।

कम्पनीले ६ करोड ८९ लाख खुद मुनाफा गरेकोमा खुद मुनाफा गत आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा ७ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको प्रकाशित प्रति शेयर आम्दानी ८ रुपैया ९५ पैसा छ भने वार्षिक प्रति शेयर आम्दानी १७ रुपैया ९० पैसा हुन आउछ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ५४ करोड रहेकोमा निकट भविष्यमा आईपिओ मार्फत कम्पनीले २ अर्ब पूँजीको लक्ष्य हासिल गर्ने छ। कम्पनीको किताबी मूल्य १२४ रुपैया १५ पैसा रहेको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।