logo

नेप्सेद्वारा जेबिल्स फाइनान्सको शेयरमूल्य समायोजन

    1338   पटक पढिएको

५ बैशाख /अर्थ र व्यापार-  आज जेबिल्स् फाइनान्सको शेयरमूल्य समायोजन भएको छ । फाइनान्सको ४.८१ प्रतिशत बोनस पश्चात शेयरमूल्य समायोजन भएको हो । नेप्सेका अनुसार फाइनान्सको बोनस पश्चात प्रतिकित्ता १३९ रुपैयाँ ३० पैसामा शेयरमूल्य समायोजन भएको हो । यहि मूल्यलाई आधार मानेर फाइनान्सको बिहीबार कारोबार खुल्नेछ ।

नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यका आधारमा कम्पनीको औसत आधारमूल्य १३९ रुपैयाँ १५ पैसा निर्धारण भएको नेप्सेले जनाएको छ । जेबिल्सले बैशाख २० गते शुक्रबार साधारण सभा आह्वान गरेको छ । आर्थिक वर्ष २०७३र७४ को पनि साधारण सभा गर्न बाँकी रहेको फाइनान्सले २०७४र७५ को सहित एकैदिन दुई आर्थिक वर्षको सभा बोलाएको हो ।

सभाले आर्थिक वर्ष २०७३र७४ को मुनाफाबाट शतप्रतिशत हकप्रद पश्चात कायम चुक्ता पूँजी ५७ करोड ७९ लाख १२ हजार ५०० रुपैयाँको ३.५७ प्रतिशत बोनस र आर्थिक वर्ष २०७४र७५ को मुनाफाबाट ४० प्रतिशत हकप्रद पश्चात कायम चुक्ता पूँजी ८० करोड ९० लाख ७७ हजार ५०० को १.२४ प्रतिशत बोनस प्रस्तावलाई अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ । दुबै आर्थिक वर्षको बोनस वितरणमा लाग्ने कर प्रयोजनका लागि फाइनान्सले १५ लाख २० हजार ८२२ रूपैयाँ र ५ लाख २८ हजार २९ रूपैयाँ गरि २० लाख ४८ हजार ८५१ रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्तावलाई अनुमोदन गर्नेछ ।

यसैगरि नेपाल इन्भेष्टमेन्ट बैंकमा विलय हुन सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको फाइनान्सले मर्जर तथा एक्वीजिशनमा सम्बन्धिमा थप छलफल गर्ने लगायतका कार्यक्रम रहेका छन् । साधारण सभाका लागि फाइनान्सले बैशाख ५ गते बिहीबर शेयरधनी दर्ता किताब बन्द गरेको हो । यसअनुसार बैशाख ४ गतेसम्म कायम रहने शेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् । इन्भेष्टमेन्ट बैंकमा विलय हुने प्रकृयामा जाने भएपछि फागुन २७ गतेदेखि नै फाइनान्सको शेयर कारोबार बन्द छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।