logo

जेबिल्स फाइनान्सको शतप्रतिशत हकप्रदमा आवेदन खुल्यो

    998   पटक पढिएको

१ असोज / अर्थ र व्यापार – जेबिल्स फाइनान्सले असोज १ गते आइतबारदेखि शतप्रतिशत अर्थात एक बराबर एक अनुपातमा हकप्रद सेयर जारी गरेको छ । फाइनान्सले चुक्ता पूँजी २८ करोड ८९ लाख रुपैयाँ बराबरको २८ लाख ८९ हजार ५६२ कित्ता हकप्रद सेयरको विक्री खुला गरेको हो ।

फाइनान्सको हकप्रदमा गत भदौ १२ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन गर्न पाउनेछन् । असोज १ गतेदेखि कार्तिक ५ गतेसम्म हकप्रदमा आवेदन गर्न सकिने छ । गत आर्थिक वर्षमा फाइनान्सले तीन करोड ६२ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५५ पैसा कायम गरेको छ ।

हकप्रद जारीपश्चात फाइनान्सको चुक्ता पूँजी ५७ करोड ७९ लाख रुपैयाँ कायम हुनेछ । नेपाल राष्ट्र बैंकबाट ग बर्गको इजाजत पाएको फाइनान्सले राष्ट्र बैंकले निर्देशन गरेअनुसार ८० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउनुपर्ने हुन्छ । फाईनान्सको सेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।

हकप्रदमा सनराइज क्यापिटल कमलपोखरी, जेबिल्स फाईनान्सको मुख्य कार्यालय न्यूरोड, उपत्यका बाहिर सनराइज बैंकको शाखा कार्यालयहरु विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल र नारायणगढबाट पनि यो हकप्रदमा आवेदन गर्न सकिने छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।