logo

माघ लागेपछि ब्याजदर घट्ने अपेक्षा गरिए पनि उच्च दरमै कारोबार

    1579   पटक पढिएको

३ पुस/ अर्थ र व्यापार - पुस अन्तिम सातादेखि आकाशिएको अन्तर बैंक कारोबारको ब्याजदर माघ लागेपछि पनि घटेको छैन । बैंकहरुलाई कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) मेन्टेन गर्न तीब्र दबाब परेपछि अन्तर बैंक कारोबारको ब्याजदर आकाशिएको हो ।

पुसको अन्तिम दिन अर्थात् ३० गते सबैभन्दा बढी ८ प्रतिशत ब्याजदरमा अन्तर बैंक कारोबार भएको थियो । तर, माघ लागेपछि ब्याजदर घट्ने अपेक्षा गरिए पनि आजसम्म उच्च दरमै कारोबार भइरहेको छ ।
पछिल्लो हप्ता बैंकहरुबाट मोटो रकम बाहिरिएका कारण बैकहरुलाई सीसीडी रेसियो मेन्टेन गर्न हम्मेहम्मे परेकाले अन्तरबैंक कारोबारको ब्याज बढेको उनको भनाई थियो । 

माछापुच्छ्रे बैंकका डेपुटी सीइओ सन्तोष कोइरालाका अनुसरा राष्ट्र बैंकले अन्तर बैंक सापटी लिएको रकमलाई पनि निक्षेपमा देखाएर सीसीडी मेन्टेन गर्ने पाउने व्यवस्था मिलाएका कारण अन्तर बैंक कारोबारमा बैंकहरु आकर्षित भएका हुन् ।
‘बजारमा भएको पैसा राजस्वका माध्यबाट सरकारको ढुकुटीमा थुप्रिँदै गएको छ, सरकारले विकास खर्च गर्न सकेको छैन, अझ पुस मसान्तमा त राजस्व तिर्नका लागि बैंकबाट ठूलो परिमाणमा रकम झिकियो,’ कोइरालाले भने, ‘निक्षेप बढेको छैन, कर्जा बढेको बढ्यै छ । बैंकहरुलाई सीसीडी मेन्टेन गर्न निकै कठिन परेको छ । त्यसैले महंगो ब्याज तिरेर भए पनि बैंकले बैंकसँगै ऋण लिएको देखिन्छ ।’ नेपाल राष्ट्र बैंकले गत पुस ११ गते अन्तर बैंक कारोबार गरेर भएपनि बैंकहरुले सीसीडी मिलाउन सक्ने ब्यवस्था गरेको थियो ।

राष्ट्र बैंकको नियम अनुसार बैंकहरुले ८० प्रतिशत सीसीडी रेसियो मेन्टेन गर्नुपर्छ । राष्ट्र बैंकले यस्तो सहुलियत दिँदा पनि आधा दर्जन बैंकको सीसीडी रेसियो पुस मसान्तमा ८० प्रतिशतभन्दा माथि छ । तर बैंकहरुको औषत सीप्सीडी रेसियो भने सन्तोषजनक नै देखिन्छ । राष्ट्र बैंकका अनुसार पुस ३० गते बैंकहरुको औषत सीसीडी रेसियो ७७.४५ प्रतिशत छ । यसरी अन्रत बैंक कारोबारको ब्याजदर आकाशिनुले बैंकिङ क्षेत्र अझै पनि संकटमा भएको प्रष्ट संकेत गर्ने बैंकरहरु बताउँछन् । माघ लागेपछि पनि बैंकरहरुलाई सीसीडी मेन्टेन गर्न उस्तै कठिन अवस्था देखिएको छ ।

पछिल्लो एक महिनाको तथ्यांक हेर्ने हो भने बैंकहरुले ३० अर्ब रुपैयाँले निक्षेप बढाएर ३० अर्ब रुपैयाँले नै कर्जा प्रवाह गरेका छन् । चालु आर्थिक वर्षको शुरुकै महिनादेखि कर्जायोग्य पुँजीको समस्या झेल्दै आएका बैंकहरु अझैसम्म यो समस्याबाट मुक्त हुन सकेका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।