logo

एक अर्ब बढी कोरोना बीमा भुक्तानी, अझै ३ अर्ब भुक्तानी गर्न बाँकी

    1768   पटक पढिएको


३० मंसिर/अर्थ र व्यापार– कोरोना बीमाको भुक्तानी गर्न अर्थमन्त्रालयको दईपटकको निर्देशन पश्चात पछिल्ला केही दिनयता भुक्तानीको दर उल्लेख्य रुपमा बढेको छ । 

सोमबारसम्म ११ हजार १ सय ५४ जनाको १ अर्ब ७ करोड ४५ लाख ५० हजार रुपैयाँ कोरोना बीमाको भुक्तानी भइसकेको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पूर्ण कागजातसहित दावी पेश गर्नेहरुको संख्या सोमबारसम्म २१ हजार ४२ जना मध्ये ११ हजार १ सय ५४ जनाले भुक्तानी पाइसकेको बताए । आज मंगलबारमात्रै १ हजार ६ सय ३८ जना भुक्तानी पाउने प्रक्रियामा रहेको पौडेलले  जानकारी दिए।

निर्देशक पौडेलले निजी प्रयोगशालाहरुमा गरिएका परीक्षण रिपोर्टको भेरिफिकेसनका लागि इडीसीडीमा ३ हजार ६ सय ३९ वटा फाइल पुगेको जानकारी दिए । उनले इडीसीडीमा ५ हजार ६ सय ६ वटा फाइल पुगेकोमा २ हजार ४ सय ९३ जनाको फाइल स्वीकृत भएर आइसकेकोे बताए ।

मंगलबार थप ४ सय ५५ जनाको फाइल भेरिफिकेसनका लागि पठाउने तयारी गरिएको छ भने १ हजार ५ सय ७१ जनाको फाइल कागजातहरु पूरा नभएको तथा नाम नमिलेको लगायतका समस्या देखिएका छन् । ३४ जनाको फाइल भने दावी भुक्तानी दिन नमिल्ने भएको छ ।

बिमा कम्पनीहरुले संक्रमण पुष्टि भएसँगै १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ पाउने गरी २ वटा पोलिसी बिक्री गरेका थिए ।

बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डले यसअघि कागजातहरु भेरिफिकेशन गर्नुपर्दा ढिलो भए पनि अब धेरै ढिला नहुने बताए ।

बिमा कम्पनीहरुले अझै ३ अर्बभन्दा बढी रकम बराबरको दाबी गर्न बाँकी रहेको तथ्यांकले देखाएको छ । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।