logo

हाथवे फाइनान्सको ग्लोबल आइएमई बैंक सँग गाभिने तयारी

    1672   पटक पढिएको

१ चैत /अर्थ र व्यापार- ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्सलाई एक्वीजिसन गर्ने भएको छ । फाइनान्सलाई प्राप्ती गर्ने विषयमा बिहीबार  दुबै बैंक तथा वित्तीय संस्थाबीच सम्झौता भएको हो । तीनवटा शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गरिरहेको हाथवे फाइनान्सले सबल बैंकिङ सेवा प्रदान गर्न ग्लोबल आइएमई बैंक सँग गाभिने तयारी गरेको हो ।

दुई बैंक तथा वित्तीय संस्थाले डिडिए गरेरपछि प्राप्त हुने स्वाप रेसियोका आधारमा अगाडि बढ्ने जनाएको हो । एमओयु सम्झौता भएसँगै आइतबारबाट दोस्रो बजारमा हाथवे फाइनान्सको शेयर कारोबार रोक्का हुनेछ । खराव अवस्थामा रहेको अरुण फाइनान्सलाई हाथवे इन्भेष्टमेन्टले ह्याण्ड ओभर गरेको थियो । ह्याण्ड ओभर गरेसँगै फाइनान्सको नाफा हावथे फाइनान्सको नाममा कारोबार गर्दै आएको थियो । संस्थाको हालको चुक्ता पुँजी ३० करोड रुपैयाँ रहेको छ ।

हाथवे इन्भेष्टमेन्टले ह्याण्ड ओभर गर्दा १५ करोड रुपैयाँ चुक्ता पुँजी थियो । गत वर्ष संस्थाले शतप्रतिशत हकप्रद शेयर निष्काशन गरेर चुक्ता पुँजी ३० करोड रुपैयाँ पुर्याएको थियो । संस्थाले अघिल्लो आर्थिक वर्षको साधारणसभाबाट थप १८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय पारित गरेको भए पनि प्रकृया अगाडि बढाउन सकेको थिएन । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार संस्थाको जगेडा कोष अझै ८ करोड ३५ लाख रुपैयाँले ऋणात्मक छ । दोस्रो बजारमा हाथवे फाइनान्सको शेयर मूल्य ११६ रुपैयाँ रहेको छ ।

एक वर्षको अवधिमा संस्थाको शेयर मूल्य अधिकतम १६५ रुपैयाँ र न्युनतम १०४ रुपैयाँको बीचमा कारोबार भएको थियो । ग्लोबल आइएमई बैंकको हालको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ रहेको छ । बराबरी हैसियतमा गाभिएको खण्डमा मात्रै बैंकको चुक्ता पुँजी १० अर्ब ६१ करोड रुपैयाँ पुग्नेछ ।


 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।