logo

ग्रामीण विकास लघुवित्तद्वारा ३२ लाख ७५ हजार कित्ता हकप्रद शेयर निष्काशन गरिने

    1301   पटक पढिएको

१० बैशाख /अर्थ र व्यापार  - ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले बैशाख २७ गतेदेखि चुक्ता पूँजीको पचास प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ । कम्पनीले दुई बराबर एक अनुपातमा ३२ लाख ७५ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । लघुवित्त कम्पनीले सञ्चालक समितिको चैत १४ गते बसेको १२२ औं बैठकको निर्णय अनुसार ५० प्रतिशत हकप्रद निष्काशनका लागि चैत २९ गते बुकक्लोज गरिसकेको छ । जसअनुसार चैत २८ गतेसम्म कायम शेयरधनीले मात्र उक्त हकप्रदमा आवेदन दिन पाउनेछन् । हकप्रदमा आवेदन दिने अन्तिम दिन जेठ ३० गते रहेको छ ।

हकप्रदमा एनआईबिएल एस क्यापिटल लाजिम्पाट तथा यसका शाखा कार्यालयहरु लालदरबार काठमाडौं , लगानखेल ललितपुर,  पोखरा, वीरगञ्ज, बुटवल, विराटनगर तथा ग्रामिण विकास लघुवित्तको शााखा कार्यालयहरु विराटनगर, जनकपुर,बुटवल, नेपालगञ्ज र धनगढी शाखाबाट हकप्रदमा आवेदन दिन सक्नेछन् । यसैगरि मेरो शेयरबाट समेत हकप्रद भर्न सकिन्छ ।

लघुवित्तको असोज ५ गते सम्पन्न विशेष साधारण सभाले चुक्ता पूँजी ६५ करोड ५० लाख रूपैयाँको ५० प्रतिशत अर्थात १ को अनुपात ०.५ प्रतिशतका दरले हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ । हाल ६५ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको ग्रामीणको ३२ करोड ७५ लाख रुपैयाँ हकप्रद बिक्री पश्चात ९८ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ११ करोड ३४ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ६४ पैसा कायम गरेको छ । लघुवित्त कम्पनीको चैत ९ गते प्रतिकित्ता शेयरमूल्य ३४६ रुपैयाँ रहेको छ ।

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।