logo

ग्लोबल आईएमई बैंककोे ऋणपत्रमा आवेदन गर्ने आज अन्तिम दिन

    882   पटक पढिएको

१४ चैत्र /अर्थ र व्यापार - ग्लोबल आईएमई बैंककोे ऋणपत्रमा आवेदन गर्ने चैत १४ गते बिहीबार अन्तिम दिन रहेको छ । एनएमबि बैंकको भने ऋणपत्रमा आवेदन दिने समय दश दिन बढाएर चैत २५ गतेसम्म पुर्याइएको छ । ग्लोबल आइएमई बैंकले फागुन १५ गतेदेखि १०.२५ प्रतिशत ब्याजदरमा पाँच वर्ष अवधिको एक अर्ब ५० करोड रुपैयाँ बराबरको कूल १५ लाख कित्ता निष्काशन गरेको हो । जसमध्ये निष्काशित ऋणपत्रको ४० प्रतिशत अर्थात ६ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा बिक्रीमा ल्याएको हो ।

उता एमएमबि बैंकले फागुन ३० गतेदेखि दश प्रतिशत ब्याजदरमा दश वर्ष अवधिको ३ अर्ब रुपैयाँ बराबरको कूल ३० लाख कित्ता निष्काशन गरेको हो । जसमध्ये निष्काशित ऋणपत्रको ४० प्रतिशत अर्थात १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा बिक्रीमा ल्याएको हो ।

ग्लोबल आइएमई बैंकको ऋणपत्रमा चैत १४ गते बिहीबार कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्छ भने एनएमबि बैंकले समय थप गरेपश्चात चैत २५ गते सोमबार कार्यालय समयभित्र आवेदन दिन सकिनेछ । दुबै बैंकको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि आवेदन खुला गरिएको सबै आवेदन गर्नसक्ने व्यवस्था रहेको छ । नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट पनि आवेदन लगर्न सकिन्छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।