logo

चेपाङ गाँउमा घुम्ती बैंकको स्थापना हुँदै

    1697   पटक पढिएको

२ साउन / अर्थ र व्यापार – चेपाङ गाउँमा घुम्ती बैंक स्थापना गरेर वृद्धभत्ता वितरण गर्ने योजना पूर्वी चितवनको कालिका नगरपालिकाले अघि सारेको छ । आगामी वर्षका लागि रु ३७ करोड ५८ लाख ५० हजारको बजेट प्रस्तुत गरेको नगरपालिकाले चेपाङ गाउँमा घुम्ती बैंक प्रणालीबाट सहज रुपमा सो रकम उपलब्ध गराउने योजना ल्याएको छ ।

ज्येष्ठ नागरिक, असहाय, वृद्धलाई दिइने भत्ता वितरण जुटपानी र पदमपुर क्षेत्रलगायत बैंकको पहुँच भएको ठाउँमा बैंकबाटै रकम उपलब्ध गराइने तर शक्तिखोर तथा सिद्धिमा बैंकको पहुँच नभएको चेपाङ गाउँमा भने घुम्ती बैंक सञ्चालन गरिने छ । यस नगरभित्र कृषि र पर्यटनलाई विशेष प्राथमिकता दिई कार्य थालनी गरिने छ । आधुनिक कृषि प्रणालीमार्फत खेती गर्न किसानलाई प्रेरित गर्ने खालका कार्यक्रम ल्याइने छ ।

चितवनको जुटपानी, शक्तिखोर, सिद्धि र पदमपुर गाविस मिलाई कालिका नगरपालिका स्थापना भएको हो । नगरपालिकाले आगामी वर्ष आम्दानीतर्फ वित्तीय हस्तान्तरणबाट रु ३४ करोड ८८ लाख ५० हजार र आन्तरिकतर्फ एकीकृत सम्पत्ति कर तथा अन्य कर दस्तुरबाट आम्दानी हुने अनुमान सहित बजेट प्रस्तुत गरेको छ ।

पर्यटकीय सम्भावना बोकेको चित्राम झरना, सिन्थी झरना, पोखरी र खोलालाई व्यवस्थित गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने नगरपालिकाको योजना छ । युवा, वृद्ध, महिला, बालबालिका तथा सबै जात जातिलाई समेट्दै बहुजातीय सङ्ग्रहालय बनाइने कार्यक्रममा उल्लेख छ । 

बढ्दै गएको जग्गा प्लटिङ्गलाई तत्काल रोक लगाई मापदण्ड तयार गरी लागू भएपछि मात्र जग्गा प्लटिङ्ग गर्न पाइने व्यवस्था गरिएको छ । यसै नगरपालिकाको शक्तिखोर क्षेत्रमा बन्न लागेको औद्योगिक क्षेत्रको व्यवस्थापन र निर्माणमा समन्वयका लागि नगरपालिका लागिपरेको छ । टाँडी–जुटपानी हुँदै शक्तिखोरबाट हुग्दी सडक निर्माणलाई नगरपालिकाले प्राथमिकतामा राखेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।