logo

भदौ २६ गते मिर्मिरे माइक्रोफाइनान्सको साधारणसभा

    1163   पटक पढिएको

३१ साउन / अर्थ र व्यापार – मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको विशेष साधारणसभा भदौ २६ गते हुने भएको छ । सो प्रयोजनको लागि भदौ ७ गतेदेखि भदौ १६ गतेसम्म कम्पनीको सेयर दाखिला खारेज बन्द(बुक क्लोज) हुने भएको छ ।

उक्त सभा सम्बन्धि निर्णय साउन ३० गते बसेको कम्पनीको ११४ औँ सञ्चालक समितिको बैठकले गरेको हो । सभामा कम्पनीले आफ्नो कार्यक्षेत्र १० जिल्ला थप गरी विस्तार गर्ने निर्णय लैजाने भएको छ । माइक्रोफाइनान्सले अधिकृत पूँजी वृद्धि गरी २० करोड रुपैयाँ र जारी पूँजी वृद्धि गरी ९ करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव लैजाँदै छ । 

कम्पनीले जारी पूँजीका लागि यस बैंकको हाल प्रक्रियामा रहेको हकप्रद सेयर सम्बन्धि सबै प्रक्रिया पुरा भए पश्चात कायम हुन आउने ४ करोढ ५० लाख रुपैयाँमा शतप्रतिशत(१ः१ को अनुपात)को दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव लैजाँदै छ । हाल कम्पनी ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रक्रियामा रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।