logo

अर्थमन्त्री डा. खतिवडाले भने : बैंकले कर्जा नदिए सिधै मलाई इमेल गर्नुहोस्, कारबाही गर्छु

    1127   पटक पढिएको

११ मंसिर / अर्थ र व्यापार - अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरूले सहुलियतपूर्ण कर्जा दिन नमाने सिधै आफूलाई इमेल गर्न आग्रह गरेका छन् । बुधबार युवा परिषद् र बैंकहरूको सयुक्त आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले बैंकहरूले सहुलियतको कर्जाका लागि साक्षी बसेकाले यस विषयमा खेलवाड नगर्न सीईओहरूलाई चेतावनीसमेत दिएका छन् ।

‘यदि कुनै पनि बैंकले युवालाई कर्जा दिन नमाने अर्थमन्त्रालयमा अर्थमन्त्रीको हट मेलमा इमेल गर्नुहोस्, म कारबाही गर्छु,’ खतिवडाले भने । उनले युवाहरूलाई सरकारले स्वरोजगारका लागि हाल स्कुलस्तरबाट नै व्यव्सायिक सीप विकास र व्यसायिक शिक्षा सीटीइभीटीका कक्षा सञ्चालित भएको र त्यसमा सरकारले धेरै लगानी गरेको बताए ।

कर्जा प्रवाह गर्ने सस्थाले उद्यमीको जोखिम वहन गर्ने क्षमताको विकास गर्न तालिम दिनुपर्ने समेत उनको भनाइ छ । युवाहरूले बैंकबाट वा अरू कसैसँग सित्तैमा लिनुभन्दा जोखिम उठाएरै सहुलियतको कर्जा लिएर उद्यमी हुन जगरूक हुन आवश्यक रहेको बताउँदै अर्थमन्त्री खतिवडाले बैकबाट लिएको कर्जामा खेलवाड नगरी आयमूलक क्षेत्रमा लगानी गर्न बैंकलाई निर्देशन दिए ।

उनले बैंकले कर्जा जसरी भए पनि उठाउने हुँदा त्यसको सही सदुपयोग गरी बैंकको कर्जा तिर्न समेत युवाहरूलाई आग्रह गरे । कार्यक्रममा बोल्दै कृषि विकास बैंकका सीईओ अनिल उपाध्यायले बैंकहरूले सहुलियतका कर्जा वितरण नगरेको भन्ने आक्षेप सही नभएको तर्क गर्दै कर्जा माग गर्ने युवा नै नआएको दाबी गरे । उनले आगामी दिनमा भने युवा परिषद् संघकोे सहकार्यमा रहेर सबै क्षेत्रमा कर्जा वितरण गर्ने उनले प्रतिवद्धता समेत जनाए ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठले बैंकले हालसम्म ६ हजार जनालाई ६ अर्ब ८१ करोड ६० लाख रूपैयाँ सहुलियतको कर्जा वितरण गरिसकेको जानकारी दिए । राष्ट्रिय वाणिज्य बैंक सरकारी बैंक भएको हुँदा बिना धितो ७ प्रकारका सहुलियतका कर्जादेखि बाहेक पनि नीति तथा कार्यक्रममा उल्लेख भएका सम्पूर्ण कार्यक्रममा वित्तीय सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।   
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।