logo

सिंहदरबारभित्रको एभरेष्ट बैंकको शाखालाई स्थानान्तरण गरी बाहिर ल्याउने तयारी

    1668   पटक पढिएको

११ चैत्र /अर्थ र व्यापार -  गोप्य सूचना मुलुक बाहिर जाने सम्भावना भएको भन्दै संसदभित्र र बाहिरसमेत चर्चा र बहस हुन थालेपछि एभरेष्ट बैंकको सिंहदरबारभित्रको शाखालाई स्थानान्तरण गरी बाहिर ल्याउने र राष्टिय वाणिज्य बैंकको सिंहदरबार बाहिर भएको शाखालाई भित्र लैजाने तयारी भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको थापाथली शाखालाई सिंहदरबारभित्र लैजाने र त्यही ठाउँ वा त्यही क्षेत्र (लोकेसन) सिंहदरबारभित्र भएको एभरेष्ट बैंकलाई ल्याउने तयारी भएको छ । एभरेष्ट बैंकको सिंहदरबारभित्रको शाखालाई लिएर पटक–पटक संसदभित्र र बाहिर आवाज उठ्न थालेपछि बैंक विवादमा आउने र उसको विश्वासनियतामा आँच आउने भएकाले पनि यसो गर्न लागिएको हो ।
एभरेष्ट बैंकलाई शाखा स्थानान्तरणको प्रस्ताव मौखिक रुपमा राख्ने तयारीमा नेपाल राष्ट्र बैंक उच्च अधिकारी पुगेका छन् । पहिलो चरणमा मौखिक रूपमा एभरेष्ट बैंकका सञ्चालकलाई सिंहदरबारभित्र भएको शाखालाई बाहिर ल्याउनका लागि सम्झाउने तयारी भइरहेको राष्ट्र बैंक उच्च स्रोतको भनाइ छ ।

यदी उक्त प्रस्ताव एभरेष्ट बैंकले मानेन भने अर्को उपाय अपनाउने तयारी पनि भइरहेको छ । एभरेष्ट बैंकले शाखा स्थानान्तरणको प्रस्ताव मानेन भने पनि राष्ट्रिय वाणिज्य बैंकलाई सिंहदरबार लैजाने लगभग निश्चित भएको राष्ट्र बैंक स्रोतको भनाइ छ । एभरेष्ट बैंकको प्रतिस्पर्धीको रुपमा राष्ट्रिय वाणिज्य बैंकलाई सिंहदरबार भित्र्याउँदै छ । त्यसपछि एभरेष्ट बैंकले गर्दै आएको काम राष्ट्रिय वाणिज्य बैंकलाई दिने र एभरेष्ट बैंक काम विहीन भएपछि स्वतः शाखा सार्न बाध्य हुने रणनीति अर्थ मन्त्रालय र राष्ट्र बैंकले बनाएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले पनि गत फागुन २९ गते संसदमा राष्ट्रिय वाणिज्य बैंकको शाखा सिंहदरबार ल्याउने तयारी भइरहेको बताएका थिए । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सरकारी लगानीका बैंकहरुलाई सिंहदरबारमा प्रवेश रोक लगाएर विदेशी लगानीको बैंकलाई सरकारले प्रोत्साहन गरेको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए । सांसदले राखेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले पूर्वाधार नभएकाले सरकारी बैंक आउन नसकेको र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकलाई ल्याउने तयारी भइरहेको बताएका थिए । अर्थमन्त्रीको सोही भनाइ अनुसार राष्ट्रिय वाणिज्य बैंकलाई सिंहदरबार भित्र्याउने काम अघि बढेको अर्थ मन्त्रालय उच्च स्रोतको भनाइ छ ।

नेपालका भीभीआईपी र भीआईपीको आर्थिक कारोबारका नाममा गोप्य सूचना विदेशमा समेत पुग्ने भएको भन्दै चिन्ता व्यक्त थालिएपछि सरकारले यस्तो कदम चाल्न बाध्य हुनु परेको हो । अहिले सिंहदरबारभित्र एभरेष्ट बैंकले मात्रै सेवा प्रदान गर्दै आएको छ । एभरेष्ट बैंक भारतीय पञ्जाब नेसनल बैंकको लगानीमा स्थापना भएको हो । उक्त बैंकमा पञ्जाब नेसनल बैंकको २० प्रतिशत शेयर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।