logo

बैंकहरुद्धारा स्थिर ब्याजदर लागू, ४ प्रतिशतसम्म महँगो

    2029   पटक पढिएको


२० कात्तिक/अर्थ र व्यापार– घर, गाडी लगायत व्यक्तिगत आवधिक प्रकृतिको कर्जामा वारम्बार ब्याजदर बढाउदैं आएका बैंकहरुले स्थिर ब्याजदर लागू गरेका छन् । 

बैंकहरुबाट बारम्वार व्याजदर बढाएको गुनासो बढेपछि राष्ट्र बैंकले व्यक्तिगत आवधिक कर्जामा व्याजदर परिवर्तन नहुनेगरी स्थिर व्याजदर लागू गर्न निर्देशन दिएको हो । 

बैंकहरुकोे हाल कायम भएको आधार दरभन्दा स्थिर ब्याजदर ४ प्रतिशतसम्म महँगो छ । बैंकहरुले घर र गाडी कर्जामा घटबढ नहुनेगरी तोकेको स्थिर ब्याजदर ७. ९९ देखि १४ प्रतिशतसम्म रहेका छन् ।

स्थिर व्याजदर महँगो पर्ने हुँदा बैंकहरुबाट स्थिर व्याजदरमा व्यक्तिगत आवधिक ऋण प्रवाह हुनसकेका छैनन्।

माछापुच्छ्रे  बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर तोके पनि अहिलेसम्म बैंकबाट यस्तो कर्जा प्रवाह नभएको बताए । उनले सुरुआतमा स्थिर ब्याजदर केही महँगो छ, त्यसैले ऋणीले पछिका लागि भन्दा पनि अहिलेकै लागि सोच्ने भएकाले कर्जा प्रवाह नभएको बताए । 

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले ऋणीहरुमा स्थिर ब्याजदरमा ऋण लिनका लागि आकर्षण नदेखिएको बताए । 

स्थिर ब्याजदर अनुसार लामो समय अवधिकोे घररगाडी कर्जाभन्दा ५ वर्षभित्र चुक्ता गर्नेगरी लिइने कर्जाको ब्याजदर कम भएको पाइन्छ । 

यसअघि घर र गाडी खरिद गर्दा व्यक्तिगत नाममा ऋण लिइसकेकाले पनि चाहेमा स्थिर ब्याजदर कायम हुनेगरी बैंकसँग सम्झौता गर्न सक्नेछन् ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।