logo

दोहा बैंकको नेपालमा प्रतिनिधि कार्यालय खुल्यो

    1144   पटक पढिएको

४ पुस/अर्थ र व्यापार - कतारको दोहा बैंकले नेपालमा प्रतिनिधि कार्यालय खोलेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले सम्पर्क कार्यालयको उद्घाटन गरे ।

बैदेशिक रोजगारीमा नेपालीहरु ठूलो संख्यामा कतारमा कार्यरत रहेका छन् । यसले कतारबाट नेपालमा रेमिटेन्स ल्याउनको लागि थप सहज हुने छ । प्रतिनिधि कार्यालयको उद्घाटन गर्दै राष्ट्र बैंकका डेपुटी गभर्नर शिवाकोटीले कतारी बैंकको सम्पर्क कार्यालयले नेपाल र कतारबीच बैकिङ तथा लगानी बढाउनको लागि सहयोगी हुने जानकारी दिए ।

दोहा बैंकले सम्भाव्यता अध्ययन गरेर नेपालमा शाखा नै खोल्न सक्ने संकेत दिएको छ । विश्व व्यापार संगठनको प्रावधान अनुसार विदेशी बैंकले नेपालमा शाखा खोल्न सक्छन् । तर,यसको लागि पुँजी भने राष्ट्र बैंकले तोके बमोजिम हुनुपर्ने हुन्छ् । २०१० देखि शाखा खुल्ला भएपनि अहिले शाखा भने खुलेको छैन । विदेशका केही बैंकका नेपालमा सम्पर्क कार्यालय भने रहेका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।