logo

नेपाल राष्ट्र बैंकद्वारा बाणिज्य बैंकहरुलाई ‘काउन्टर साइकल क्यापिटल बफर’ कायम गर्न लगाइने

    1840   पटक पढिएको

८ पुस/ अर्थ र व्यापार  - चुक्ता पूँजी बृद्धि हुने गरी नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई ‘काउन्टर साइकल क्यापिटल बफर’ कायम गर्न लगाउने भएको छ । २०७६ असार मसान्तसम्म यो ब्यवस्था गरिसक्ने राष्ट्र बैंकले जनाएको छ ।

काउन्टर साइकल बफर कायम गर्नका लागि राष्ट्र बैंकले नाफाबाट नगद लाभांसभन्दा बोनस शेयर वितरण गर्न लगाउने छ । अहिले बोनस शेयर वितरणका लागि ११ प्रतिशतको पूँजी कोष अनुपात कायम गर्नु पर्ने ब्यवस्था छ । यसलाई बढाउन खोजिएको हो ।
अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले पनि नेपाली बैंकहरु ऋण बिस्तारमा आक्रमक हुँदा जोखिम बढ्दै गएको भन्दै पूँजी बृद्धि गर्न सुझाव दिएको थियो । आइएमएफले बैंकहरुको आक्रामक नीतिका कारण यसलाई बढाएर साढे १३ प्रतिशत पुर्याउन सुझाब दिएको थियो । अहिले अधिकांस बैंकको पूँजी कोष अनुपात १२र१३ प्रतिशत छ ।

साढे १३ प्रतिशत कायम गर्नका लागि बैंकहरुले चुक्ता पूँजी बढाउनु पर्ने हुन्छ । नभए बैंकहरुले ऋण लगानी गर्न सक्दैनन् । आइएमएफको भनाइलाई मानेर जाँदा आधा दर्जन बैंकहरुलाई मात्र सहज अवस्था हुने छ । मुद्रा कोषको सुझाबभित्र रहेर डेपुटी गभर्नर शिवराज श्रेष्ठ नेतृत्वको मुद्रा तथा पूँजी बजारका समस्या समाधानका उपाय दिन बनेको कार्यदलले पनि पूँजी बढाउने संकेत गरेको हो । राष्ट्र बैंकले तीन बर्षअघि मात्र चुक्ता पूँजी चार गुणाले बढाएको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।