logo

दुई विकास बैंकको नगद लाभांश शेयधनीको बैंक खातामा

    1484   पटक पढिएको

१३ माघ / अर्थ र व्यापार - दुई विकास बैंकले नगद लाभांश आफ्नो शेयधनीको बैंक खातामा पठाएको छ । कञ्चन डेभलपमेण्ट बैंक र कैलाश विकास बैंकले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरी दिएका हुन् ।

कञ्चन डेभलपमेण्ट बैंकले माघ ३ गतेसम्म हितग्राही खातामा बैंक खाता खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा ६ प्रतिशत लाभांश (कर सहित) जम्मा गरेको हो । बैंकको पुस २९ गते सम्पन्न दशौं वार्षिक साधरण सभाले उक्त लाभांश पारित गरेको हो ।

त्यस्तै, कैलाश विकास बैंकले पुस २९ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा २ दशमलव ७७ प्रतिशत नगद लाभांश (कर सहित) जम्मा गरेको हो । बैंकको पुस २५ गते सम्पन्न २६ औं साधारण सभाले उक्त लाभांश पारित गरेको हो ।

हालसम्म पनि शेयर प्रमाणपत्र अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई यथाशिघ्र आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गरी बैंक खाता समेत अद्यावधिक गर्न दुवै बैंकले अनुरोध गरेका छन् । दुवै बैंकको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

साथै, कञ्चन डेभलपमेण्ट बैंकको शेयर पुस १३ गतेसम्म र कैलाश विकास बैंकको पुस ९ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुले नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अबजेक्सन लेटर प्राप्त भएपछि मात्र जम्मा हुने र सो मिति पश्चात कर्जा चुक्ता गरेका शेयरधनीहरुको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र पेश गरेपछि मात्र उक्त लाभांश खातामा जम्मा हुने बैंकको सूचनामा उल्लेख छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।