logo

लमजुङमा भूकम्पपीडितको रकम बैंकले काटेको खुलासा

    1921   पटक पढिएको

२१ असार / अर्थ र व्यापार –  लमजुङ जिल्लामा भूकम्पपीडितको रकम बैंकले काटेको खुलेको छ । भूकम्प प्रभावितलाई बैंक खातामार्फत अनुदान वितरणका क्रममा रकम कट्टा भएको भूकम्पपीडितले गुनासो गरेका छन् । मध्यनेपाल नगरपालिका अन्तर्गतका भूकम्पपीडितलाई रकम वितरण गर्ने क्रममा कृषि विकास बैंक भोर्लेटार शाखाले प्रतिपरिवार रु ५०० लिएको खुलेको छ । रकम प्राप्तिको लागि खाता सञ्चालन गर्नुपर्ने भन्दै रु ५०० लिएको हो ।

भूकम्पपीडितका लागि आएको अनुदान रकमबाट बैंकले कुनै रकम कट्टा गर्न नपाउने छ । भूकम्पपीडितको अनुदान रकम बैंकले लिनु सम्झौता विपरीत भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र बैङ्कर एसोसिएसनबीच अनुदान रकम वितरण गर्ने सम्झौता भएको हो । सेवा शुल्कबापतको रकम एसोसिएसनले लिएको छ । बैंकले एक रुपैयाँ प।िन लिन पाउँदैन ।

रकम वितरणसम्बन्धी स्पष्ट निर्र्दे्शिका नआएकाले बैंकको नियमअनुसार रकम वितरण गरेको हो । जिल्लाका भूकम्प प्रभावितलाई पहिलो किस्ता रकम रु ५० हजार वितरण सुरु गरिएको छ । जिल्लामा स्थानीय निकाय अनुसार छुट्टाछुट्टै बैंकमार्फत अनुदान रकम दिने व्यवस्था मिलाइएको छ । 

पहिलो किस्ता रकम रु ५० हजार घर निर्माणको आवश्यकताअनुसार उपयोग गर्ने र घरको जग निर्माण कार्य सम्पन्न गरेपछि मात्रै दोस्रो किस्ता रु ८० हजार प्रदान गरिने छ । त्यस्तै छाना छाउने तहसम्मको कार्य सम्पन्न गरेपश्चात् तेस्रो किस्तामा सबै रकम भुक्तानी हुनेछ । 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।