logo

बैंकहरुले माघ १ गतेबाट ऋणको ब्याज घटाउने, निक्षेपको ब्याज घटेलगत्तै ऋणको ब्याज घट्ने अपेक्षा

    1207   पटक पढिएको

९ पुस/ अर्थ र व्यापार - बैंकहरुले भद्र सहमति गरेर निक्षेपको ब्याज घटाएपनि ऋणको ब्याज एक महिनापछि मात्रै घट्ने भएको छ । बैंकहरुले माघ १ गतेबाट मात्र ऋणको ब्याज घटाउने भएका छन् । गत विहिबार बैंकहरुले भद्र सहमति गरेर ब्यक्तिगत मुद्दति निक्षेपको ब्याज ९.२५ प्रतिशत, संस्थागत मुद्दतिको साढे आठ प्रतिशत र बचतको ब्याज साढे ६ प्रतिशतमा झारेका छन् । निक्षेपको ब्याज घटेलगत्तै ऋणको ब्याज घट्ने अपेक्षा गरेका ऋणीले माघ १ गते कुर्नुपर्ने भएको हो ।

बैंकहरुले ब्याजको आधार दर मासिक रुपमा प्रकाशित गर्छन् । गत विहिबारबाट निक्षेपको ब्याज घटेपनि आधार दरको गणना गर्न बाँकी रहेकाले माघ १ गतेबाट मात्र ऋणको ब्याज घट्ने भएको हो । आधार दर जतिले घट्छ त्यति नै ऋणको ब्याज घटाउनुपर्ने राष्ट्र बैंकको नियामकीय प्रावधान छ । बैंकहरुले पुरानो सहमतिभन्दा पनि तल निक्षेपको ब्याज झारेका कारण आधार दर तुलनात्मक रुपमा केही बढि नै कम हुन्छ । पहिलेको सहमतिमा व्यक्तिगत निक्षेपको ब्याज साढे १० र संस्थागतको १० प्रतिशत थियो । बचतको ब्याज पनि ७ प्रतिशत थियो। बीचमा सहमति खारेज हुँदा ब्यक्तिगत मुद्दतिको ब्याज १३ प्रतिशसम्म पुगेको थियो । २८ वटामध्ये १३ वटाले ब्याज बढाएका थिए ।

अहिले २८ वटै बैंकको निक्षेपको ब्याज घटेको छ । यसले गर्दा औसत आधारदर नै कम भएर जान्छ । सरकारले बैंक ब्याज दर बढ्न थालेपछि कार्यदल बनाएर समस्या समाधान गर्न सुझाब मागेको थियो । सुझाब कार्यान्वयनमा आए आधार दर अझै कम हुनेछ । कार्यदलले दिएको सुझाब कार्यान्वयन भए आधार दरमा सम्पतिको प्रतिफल समावेश हुँदैन । यसको प्रतिफल ०.७५ प्रतिशत छ । यो समावेश नभएपछि आधार दर कम भएर जाने सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले जानकारी दिए ।
कार्यदलले दिएको यो सुझाब एक र दुई साताभित्रै राष्ट्र बैंकले लागू गर्नु पर्ने उल्लेख छ । बैंकहरुले प्रवाह गर्ने कुल ऋणमध्ये करिव २५ प्रतिशत ऋण अझ सस्तो हुन्छ । कृषि, उर्जा, पर्यटनलगायतका प्राथमिकता प्राप्त क्षेत्रमा जाने ऋणमा आधार दरको अधिकतम २ प्रतिशत बिन्दु माथिसम्म मात्र ऋण दिन पाइने सुझाबमा छ । यसले गर्दा प्राथमिकता प्राप्त क्षेत्रमा जाने कुल ऋणको २५ प्रतिशत हिस्सा ऋण सस्तो हुने उनले जानकारी दिए । विकास बैंक र फाइनान्स कम्पनीहरुबाट प्रवाह भएका ऋणको ब्याज पनि माघ १ बाट सस्तो हुने छ । यी संस्थाहरुले पनि सहमति गरेर निक्षेपको ब्याज केही घटाएका छन् ।

राष्ट्र बैंकले कार्यदलको सिफारिस तत्कालै कार्यान्वयन गरे बैंकहरुले कल डिपोजिटमा दिएको ब्याज पनि घट्ने छ । बचतको ब्याज दरभन्दा कम हुने गरी कल डिपोजिटको ब्याज तोक्न कार्यदलले सुझाब दिएको छ । संस्थागत निक्षेप बोलकबोलमा लिनुपर्ने ब्यवस्थाको अन्त्यका लागि पनि कार्यदलले सुझाब दिएको छ । प्रकाशित ब्याज दरका आधारमा मात्र संस्थागत निक्षेप उठाउने ब्यवस्था मिलाउन सुझाब दिइएको छ । अहिले प्रकाशित ब्याजभन्दा एक प्रतिशत बिन्दु बढि बोलकबोल गर्न पाइन्छ ।
बैंकहरुले अहिले भद्र सहमति मार्फत संस्थागतलाई साढे ८ प्रतिशत ब्याज तोकेका छन् । यसमा एक प्रतिशत बिन्दु बढाउन पाइने ब्यवस्थाका कारण साढे ९ प्रतिशत ब्याज पुग्छ । प्रकाशितमै पैसा उठाउनु पर्ने ब्यवस्था मिलेर संस्थागतले साढे ८ प्रतिशत मात्र ब्याज पाउँछन् । यसो हुँदा आधार दर अझै झर्छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।