logo

३ बैंकद्वारा लाभांश वितरण गरेको सूचना सार्वजनिक 

    1261   पटक पढिएको

८माघ /अर्थ र व्यापार - साधारण सभा सकेका कम्पनीहरुले धमाधम लाभांश वितरण गर्न थालेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंक, गण्डकी विकास बैंक र सिर्जना फाइनान्सले लाभांश वितरण गरेको सूचना सार्वजनिक गरेका हुन् । नेपाल इन्भेष्टमेण्ट बैंकको पुस २९ गते सम्पन्न २२ औं वार्षिक साधारण सभावाट पारित भएको २२ प्रतिशत नगद लाभांश पुस २६ गते सम्म डिम्याट खातासंगै अद्यावधिक गरिएको बैंक खातामा पठाएको छ ।

डिम्याट खाता भएको तर बैंक खाता अद्यावधिक नभएको शेयरधनीहरुलाई बैंक खाता अद्यावधिक गराउन आग्रह गरेको छ । अद्यावधिक गराएको बैंक खातामा क्रमश लाभांश जम्मा गरिने बैंकले जनाएको छ । यस्तै हालसम्म डिम्याट खाता नभएका शेयरधनहरुलाई डिम्याट खाता खोलि आइपिएस सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थामा आवद्धता हुन आग्रह गरेको छ । गण्डकी विकास बेंकको पुस २६ गते सम्पन्न ११ औं वार्षिक साधारण सभाबाट पारित लाभांश शेयरधनीहरुलाई वितरण गरेको छ । बैंकले पुस १० गते सम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक भएका शेयरधनीहरुलाई १४.२० प्रतिशत करसहित नगद लाभांश बैक खातामा जम्मा गरेको जनाएको छ ।

पुस १० गते पछि बैंक खाता अद्यावधिक गराएको शेयरधनीहरुलाई नगद लाभांस बैंक खातामा जम्मा गरिने बताएको छ । यस्तै हाल सम्म शेयर अभौतिकीकरण नगराएका शेयरधनीलाई डिम्याट गराएर हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गरेको खातामा नगद लाभांश जम्मा हुने जनाएको छ ।

यसैगरी सिर्जंना फाइनान्सले पनि नगद लाभांश वितरण गरेको छ । फाइनान्सको पुस २८ गते सम्पन्न १८ औं वार्षिक सुाधारण सभाले ९.५० प्रतिशत नगद लाभांश पारित गरेको थियो । नगद लाभांश डिम्याट खातामा उल्लेख भएको बैंक तथा वित्तीय संस्थाको खातामा जम्मा गरिएको फाइनान्सले जनाएको छ । 

शेयर डिम्याट गर्न बाँकी रहेको शेयरधनीहरुलाई निक्षेप सदस्यकोमा डिम्याट खाता खोल्न र बैंक खाता आवद्ध गर्न आग्रह गरेको छ । त्यस पछि डिम्याटसंग अद्यावधिक भएको बैंक खातामा लाभांश पाठाउने फाइनान्सले जनाएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।