logo

१ सय १२ स्थानीय तहमा बैंकका शाखा पुर्याउन गाह्रो

    1852   पटक पढिएको

२० असार / अर्थ र व्यापार – मुलुकका १ सय १२ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खोल्न गाह्रो हुने देखिएको छ । हालसम्म बैंकका शाखा नपुगेको ३ सय ३२ स्थानीय तहमध्ये १ सय १२ मा तत्काल शाखा खोल्न गाह्रो हुने देखिएको हो । आवश्यक पूर्वाधार नपुगेका कारण ती स्थानीय तहमा बैंकका शाखा खोल्न समस्या हुने देखिएको छ ।

नेपाल राष्ट्र बैंकको सर्वेक्षणले कुल ७ सय ४४ मध्ये ४ सय १२ वटा स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा रहेको देखाएको थियो । सरकारले बाँकी ३ सय ३२ वटा स्थानीय तहमा तत्काल वाणिज्य बैंकको शाखा पुर्याउन गत २९ चैतमा राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो । चालू आर्थिक वर्षको बजेटमा स्थानीय तहको सञ्चित कोषको रकम (बजेट) ‘क’ वर्गको वाणिज्य बैंकको खातामार्फत परिचालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सरकारको निर्देशनपछि राष्ट्र बैंकले बैंकर्स एसोसिएसनलाई बोलाएर बैंक नपुगेका ३ सय ३२ स्थानीय तहमा तत्काल शाखा खोल्न निर्देशन दिइसकेको छ । राष्ट्र बैंकले बैंकरहरूलाई आपसी छलफल गरेर कुन स्थानीय तहमा कुन बैंकको शाखा खोल्ने हो भनेर आपसमा सहमति गर्न निर्देशन दिएको थियो तर १ सय १२ स्थानीय तहमा भने शाखा खोल्न सबै वाणिज्य बैंक अनिच्छुक देखिएको छ । 

केन्द्र सरकारले आगामी १ साउनमा स्थानीय तहको सञ्चित कोषको रकम पठाउँदै छ । तर, स्थानीय तहका सञ्चित कोषको रकम ‘क’ वर्गको वित्तीय संस्था अर्थात् वाणिज्य बैंककै खातामार्फत परिचालन गर्नुपर्ने व्यवस्था छ । तर, हालसम्म पनि मुलुकका ३ सय ३२ स्थानीय तहमा बैंकका शाखा छैनन् । स्थानीय तहमा वाणिज्य बैंकका शाखा नभएपछि स्थानीय सरकारलाई खाता खोल्न र बजेट परिचालनमा समस्या हुने छ । 

सरकारले पहिलोपटक संघीय बजेट ल्याएको छ । केन्द्र सरकारले स्थानीय तहका लागि निःसर्त र ससर्त बजेट छुट्याएको छ । उक्त बजेट १ साउनदेखि कार्यान्वयन गर्नुपर्ने हुन्छ । तर, बैंकका शाखा नपुग्दा स्थानीय सरकारको बजेट कार्यान्वयनमा समस्या हुने छ । यसअघि संसद्को विकास समितिको २९ जेठको बैठकले दुई महिनाभित्र सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउन  अर्थ मन्त्रालय, राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो ।

स्थानीय तहको बजेट वाणिज्य बैंकबाहेकका वित्तीय संस्थामार्फत पनि परिचालन हुन सक्ने व्यवस्था गर्न सरोकारवालाले माग गरेका छन् । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।