logo

एनएमबि बैंकमा ६ सञ्चालकका लागि निर्वाचन हुने, ३५% लाभांस दिने

    1331   पटक पढिएको

२६ मंसिर / अर्थ र व्यापार  - एनएमबी बैंकले ६ जना सञ्चालकका लागि निर्वाचन गर्ने भएको छ। संस्थापक समुहबाट तीन र सर्वसाधारण समुहबाट तीनजना सञ्चालकको निर्वाचन गर्ने भएको हो।

बैंकले २४ औं वार्षिक साधारणसभा आगामी पुस २४ गते गर्ने भएको छ । सभामा निर्वाचन र सञ्चालक समितिले यसअघि घोषणा गरेको ३५ प्रतिशत लाभांस पेश गरिने छ । गत वर्षको नाफाबाट १४ प्रतिशत नगद लाभांस र जगेडा कोषबाट २१ प्रतिशत बोनस शेयर पारित हुने बैंकले जनाएको छ।

शेयरधनीहरूले १ अर्ब ६१ करोड रूपैयाँ नगद लाभांस प्राप्त गर्ने छन्। २१ प्रतिशत बोनस शेयर पारित भएसँगै बैंकको चुक्ता पुँजी १३ अर्ब ९५ करोड रूपैयाँ पुग्ने छ। साधारणसभा प्रयोजनका लागि पुस ४ देखि २४ गतेसम्म बुक क्लोज हुनेछ। पुस ३ गतेसम्म कायम शेयरधनीहरूले प्रस्तावित लाभांस प्राप्त गर्नुका साथै साधारणसभामा भाग लिन सक्ने छन्। 

गत आर्थिक वर्षमा बैंकले २ अर्ब २५ करोड रूपैयाँ खुद नाफा आर्जन गरेको थियो। बैंकले नगद र बोनस शेयरसहित ४ अर्ब ३ करोड रूपैयाँ लाभांस वितरण गर्नेछ। जगेडा कोषबाट बोनस शेयर दिएर बैंकले पुँजी बढाउने योजना बनाएको हो। 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।