logo

३० करोडको आईपिओ जारी गर्ने तयारीमा अजोड इन्स्योरेन्स

    1353   पटक पढिएको

४ फागुन / अर्थ र व्यापार - आगामी चैत्र १५ पछि अर्थात करिब डेढ महिनापछि निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सको ३० करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) बजारमा आउने भएको छ । अजोड इन्स्योरेन्स कम्पनीले आईपिओ निष्काशनको लागि गत माघ २० गते नै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो । बोर्डले थप कागजात मगाएर अध्ययन गर्ने काम भइरहेको जनाएको छ ।

कम्पनीले ३० करोड बराबर ३० लाख कित्ता आईपिओको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गर्दै आवेदन दिएको छ । सो आईपिओलाई केयर रेटिङले ग्रेड ४ रेटिङ दिइसकेको छ । एनआईबिएल एस क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको अजोड इन्स्योरेन्सका सिईओ कमार बहादुर खत्रीले आईपिओको लागि धितोपत्र बोर्डमा आवदेन दिइएको र अनुमति पाउने वित्तिकै निष्काशन गर्न तयार रहेको बताए ।

सामान्यता बोर्डले एक देखि दुई महिनामा आईपिओको आवेदन स्वीकृत गर्ने गर्दछ । कागजात नपुगेको अवस्थामा भने थप समय पनि लिन सक्नेछ । बोर्डले थप कागजात नमागेको अहिलेको अवस्था हेर्दा आगामी चैत्र १५ पछि अजोड इन्स्योरेन्सले आईपिओका लागि प्रस्ताव आह्वान गर्न सक्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।