logo

प्राइम कैलाश गाभेपछि पूँजीको आकारमा तेस्रो ठूलो बैंक बन्दै

    1302   पटक पढिएको

११ मंसिर / अर्थ र व्यापार -  प्राइम बैंकलाई सर्वसाधारणले चिन्ने भनेको नेवार समुदायको बैंक भनेर हो । यो बैंकलाई व्यवसायीक चुनौतिका रुपमा पश्चिम तथा सुदुर–पश्चिम नेपालमा शाखा विस्तार गर्नु नै हो । विभिन्न समयमा बैंकले उक्त विषयमा छलफल समेत गर्दै आएको थियो । प्राइम बैंकले कैलाशलाई मर्ज गरेपछि बैंकको पूर्व नेपालमा झण्डै २० शाखा थपिने छन् ।


हाल बैंकको पूर्वी नेपालमा ३२ वटाभन्दा शाखा छन् । बैंकको पूर्वी नेपालमा शाखा संख्या प्रभावकारी रुपमा रहेपछि पश्चिम नेपालमा भने कम छ । कैलाश विकास बैंकको पश्चिम क्षेत्रमा २० को हाराहारीमा शाखा छ । कैंलाश विकास बैंकको ७ नम्बर प्रदेशमा ४ वटा शाखा रहेको छ भने ६ नम्बर प्रदेशमा जम्मा २ वटा मात्रै शाखा छ ।

प्राइम बैंकको पनि पश्चित तथा सुदुरपश्चिम नेपालमा शाखा कम रहेको छ । प्राइमले कैलाशलाई लिएपनि पूर्वको तुलनामा बैंकको पश्चिम नेपालमा पर्याप्त शाखा बिस्तार हुनेमा समस्या देखिएको छ । बैंकको रणनीति पश्चिम नेपालमा व्यवसाय विस्तार गर्नु हो । बैंंकको पूर्वी नेपालको तुलनामा पश्चिम नेपालमा सहभागिता कम छ । ओम डेभलपमेन्ट बैंकसँग मर्जहुने निकै चर्चा भयो । अन्त्यमा त्यो हुन सकेन ।

ओमको पश्चिम नेपालमा कास्की जिल्लामा निकै बर्चश्व थियो । हुन त ओमको मुख्यालय पनि कास्की जिल्लामा नै हो । यतिबेला सर्वत्र चर्चाको विषय भनेको कैशाललाई लिएपछि प्राइम बैंक कसरी अगाडी बढ्छ र यसको व्यवसायीक रणनीति कस्तो बन्छ भन्ने हो । साथै लगानीकर्तालाई दिने लाभांश त छँदैछ ।

कैलाश र प्राइमले यसअघि लगानीकर्तालाई दिएको लाभांश हेर्ने हो भने प्राइमभन्दा कैलाश निकै अगाडि छ । प्राइम बैंकले अहिलेसम्म २० प्रतिशतभन्दा बढी लाभांश दिएको छैन । तर कैलाशले २५ प्रतिशतसम्म लाभांश दिएको छ ।

हाल प्राइम बैंकको चुक्ता पुँजीे ९ अर्ब ६८ करोड ६८ लाख ५१ हजार ६८९ रुपैयाँ छ । १६ प्रतिशत बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी ११ अर्ब २३ करोड ६७ लाख ४७ हजार ९७२ रुपैयाँ पुग्ने छ । यस्तै कैलाशको चुक्ता पुँजी २ अर्ब ५२ करोड ६ लाख ३६ हजार ९ सय रुपैयाँ रहेको छ । १६ प्रतिशत बोनस पछि बैंकको पुँजी २ अर्ब ९२ करोड ३९ लाख ३७ हजार ६४४ रुपैयाँ पुग्ने छ ।

यी दुवै बैंक मर्ज भएपछि प्राइम बैंकको नामबाट कारोबार हुने छ । मर्जरपछि बैंकको चुक्ता पुँजी १४ अर्ब रुपैयाँको हाराहारीमा पुग्छ । चुक्ता पूँजीको आधारमा कैलाशलाई गाभेपछि प्राइम बैंक तेस्रो ठूलो चुक्ता पूँजी भएको बैंक हुने छ । एकीकृत कारोबारपछि प्राइमको तुलनामा नेपाल इन्भेष्टमेन्ट बैंक र ग्लोबल र जनता बैंक मर्ज भएपछि ग्लोबल बैंक अगाडि हुने छन् ।

हालसम्म प्राइम बैंकको उपत्यकाभित्र २४ र उपत्यका बाहिर ७५ सहित ९९ वटा शाखा कार्यालयहरु सञ्चालनमा छन् भने कैलाश विकास बैंकको उपत्यकाभित्र २४ र उपत्यकाबाहिर ७६ वटा गरेर १०० वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् ।

बैंकको शाखा हेर्दापनि प्राइमभन्दा पनि कैलाश नै अग्रस्थानमा छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म प्राइम बैंकले ६५ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको गरेको छ भने कैलाशले १७ करोड ५ लाख रुपैयाँ नाफा कमाएको छ । असोज मसान्तको विवरण अनुसार दुवैको नाफा जोड्दा ८३ करोड नाफा पहिलो त्रैमासमा हुने छ । नाफाको आधारमा सातौं नम्बरमा प्राइम बैंक आउने छ ।

प्राइमले जगेडा कोषमा ३ अर्ब २० करोड ९० लाख ६२ हजार रुपैयाँ राखेको छ भने कैलाशले ८० करोड ५२ लाख ७ हजार रुपैयाँ राखेको छ । कैलाशसँग एकीकृत कारोबारपछि प्राइमको जगेडाकोषमा ४ अर्ब १ करोड ४२ लाख ७० हजार रुपैयाँ हुनेछ ।

चालु आवको असोज मसान्तसम्म प्राइमले ७८ अर्ब ५९ करोड ४९ लाख रुपैयाँ निक्षेप संकलन गरी ७९ अर्ब १३ करोड ७२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले १ अर्ब ६ करोड ५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । सोही अवधिमा कैलाशले २७ अर्ब ८३ करोड ५१ लाख रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब २२ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले ३८ करोड ५५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

मर्जरपछि प्राइमको निक्षेपको आकार १ खर्ब ६ अर्ब ४३ करोड ७८ हजार रुपैयाँको हुनेछ भने कर्जाको आकार १ खर्ब ६ अर्ब ३६ करोड २ लाख ८६ हजार रुपैयाँको हुनेछ । असोज मसान्तको तथ्यांक अनुसार एकीकृत कारोबार हुँदा प्राइम बैंक निक्षेपको आधारमा १४ औं ठूलो नम्बर हुने छ । कर्जामा १२ औं स्थानमा आउने छ ।
प्राइमको खराब कर्जा १.१४ प्रतिशत रहेको छ भने कैलाशको ०.३१ प्रतिशत छ । खराब कर्जामा पनि कैलाशको तुलनामा प्राइम बैंकको बढी छ । कल डिपोजिटको हिस्सा बढी रहेको प्राइमलाई कैलाश गाभेपछि यसको समेत तनाव हट्ने छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।