logo

११ महिनामै वाणिज्य बैंकहरुको नाफा ३३ अर्ब ७८ करोड

    2516   पटक पढिएको

१ साउन / अर्थ र व्यापार – गत आवको ११ महिना जेठसम्ममा वाणिज्य बैंकहरुको नाफा ३३ अर्ब ७८ करोड पुगेको छ । एनसीसी र सिभिल बैंकको तथ्यांक भने यसमा समावेश छैन् । जेठसम्ममा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक अग्रस्थानमा छ । बैंकले ३ अर्ब ४५ करोड नाफा कमाएको हो । त्यसपछि, नेपाल इन्भेष्टमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि बिकास बैंकको नाफा उच्च छ ।

कुमारी बैंक, जनता बैंकको नाफा सूचीमै सबैभन्दा कम रहेको छ । जेठ मसान्तसम्ममा बैंकहरुले ६२ अर्ब २९ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेका छन् । व्याज खर्च ७० अर्ब ९६ करोड रुपैयाँ र व्याज आम्दानी १ खर्ब ३३ अर्ब रुपैयाँ रहेको छ ।

बैंकहरुले ७ अर्ब २८ करोड रुपैयाँ भने यसअघि नोक्सान व्यवस्थाको लागि राखेको रकम फिर्ता ल्याएका हुन् । यसअघि अपलेखन गरिएका ऋणबाट बैंकहरुले ८४ करोड रुपैयाँ उठाउन सकेका छन् । त्यस्तै ९ अर्ब १७ करोड रुपैयाँ नोक्सान व्यवस्थाको लागि छुट्याएका छन् । बैंकहरुको कुल कर्जा लगानीमा खराब कर्जा औसतमा १.६७ प्रतिशत रहेको छ ।

बैंकहरुको निक्षेप संकलन १९ खर्ब ७५ अर्ब र कर्जा लगानी १६ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ । बैंकहरुले निजी क्षेत्र तर्फ १६ खर्ब ७ अर्ब रुपैयाँ, वित्तीय संस्थाहरु तर्फ ३९ अर्ब र सरकारी संस्थाहरु तर्फ ८ अर्ब ५ करोड कर्जा लगानी गरेका हुन् । बैंकहरले विदेशी मुद्राको विनिमयबाट ५ अर्ब ४५ करोड रुपैयाँ कमाएका छन् । २ अर्ब ४४ करोड गैर सञ्चालन आम्दानी गरेका छन् ।

बैंकहरुमा मुद्दती निक्षेपको रुपमा ८ खर्ब ३४ अर्ब रुपैयाँ, २ खर्ब ७२ अर्ब कल निक्षेप, ६ खर्ब ६८ अर्ब बचत निक्षेप र चल्ति बचत १ खर्ब ७५ अर्ब रुपैयाँ रहेको छ । बैंकहरुको गैर बैंकिङ सम्पत्ती ३ अर्ब २ करोड बराबर रहेको छ । वाणिज्य बैंकहरुको चुक्ता पुँजी १ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ । तोकिएको ८ अर्ब बराबरको चुक्ता पुँजी पुग्न अझै ५८ अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको छ ।

यो अवधिसम्ममा राष्ट्रिय वाणिज्य बैंक, कृषि बिकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मात्र चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुगेको छ । बैंकहरुले राख्नु पर्ने वैधानिक सञ्चिती बाहेक अन्य सञ्चिती ३२ अर्ब ३८ करोड रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।