logo

२८ वाणिज्य बैंकको नाफा २६ प्रतिशतले बढेर ४५ अर्ब २७ करोड रुपैयाँ पुगे 

    1847   पटक पढिएको

५ भदौ / अर्थ र व्यापार – गत आव २०७३/७४ मा सञ्चालनमा रहेका २८ वाणिज्य बैंकको नाफा २६ प्रतिशतले बढेर ४५ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२/७३ मा भने यी बैंकको नाफा ३५ अर्ब ७४ करोड रहेको थियो । नाफा बढ्नुमा धेरैजसो बैंकको व्यवसायमा भएको वृद्धि नै मुख्य आधार देखिएको छ । बैंकहरुले गत आवमा १७ खर्ब २३ अर्ब रकम कर्जा लगानी गरेर ८० अर्ब खुद व्याज आम्दानी गरेका छन् । कर्जा लगानीमा २४ प्रतिशतले वृद्धि भएको हो । बैंकहरुले १८ प्रतिशतले वृद्धि गरेर २० खर्ब निक्षेप संकलन गर्न सकेका छन् ।

वित्तीय विवरण प्रकाशित गरेका सबै २८ मध्ये २३ बैंकको नाफा अर्बमाथि पुगेको छ । यसमा पनि ४ वटा वाणिज्य बैंकको नाफा ३ अर्ब माथि छ । यसरी ३ अर्ब बढिको नाफा गर्नेमा नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक छन् । ग्लोबल आइएमइ, कृषि बिकास र हिमालयन बैंकको नाफा २ अर्ब माथि रहेको छ । यता, मेगा, जनता, सेञ्चुरी कमर्सियल, सिभिल र कुमारी बैंकले भने नाफा १ अर्ब कटाउन सकेका छैनन् । बाँकी रहेकाहरुको भने १ अर्बदेखि २ अर्बको बीचमा रहेको छ ।

बैंकहरुको अन्य कमाइमा पनि उल्लेख्य वृद्धि भएको छ । बैंकहरुको अन्य कमाइको रुपमा फि कमिसनबाट, विदेशी मुद्राको विनिमयबाट र अन्य सञ्चालन आम्दानी रहेका छन् । कतिपय बैंकको यस्तो आम्दानी १ अर्ब माथिसम्म रहेको छ । १ अर्ब माथि कमाइ गर्न सक्ने धेरैको यस्तो कमाई ५०/६० करोड देखिमाथिसम्म रहेको छ । अधिकांश बैंकको बेस रेट (कर्जा लगानी गर्दा लिइने आधार व्याज दर) अझै १० प्रतिशत र सोभन्दा माथि नै रहेपनि केहीको यस्तो दर कम रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकको आधार दर ७ प्रतिशतभन्दा कम रहेको छ । तुलनात्मक रुपमा यी बैंकमा सस्तोमा कर्जा प्राप्त हुन सक्छ । त्यस्तै, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट, एसबिआइ नेपाल, हिमालयनको पनि यो दर १० प्रतिशतभन्दा मुनि नै छ । अन्य बैंकको भने यो दर १० प्रतिशत माथि छ । सबैभन्दा महंगो व्याजदर तिर्नुपर्ने बैंकमा सेञ्चुरी कमर्सियल बैंक र सिभिल बैंक रहेका छन् । यी बैंकको यो दर ११ प्रतिशतभन्दा पनि बढि छ ।

गत आवमा भएको बैंकको नाफा हेर्दा सबैभन्दा धेरै लाभांश दिन सक्ने क्षमता नबिल बैंकको रहेको छ । बैंकले ४६ प्रतिशत लाभांश दिन सक्ने देखिन्छ । बैंकहरुले नाफाबाट २० प्रतिशत रकम सञ्चितीमा र १ प्रतिशत रकम सामाजिक उत्तरदायित्वको लागि छुट्याएपछि बाँकी रहने रकम लाभांश बाढ्न सक्छन् । सञ्चिती रकममा यसअघि बाड्न योग्य रकम रहेमा बैंकहरुको यो दर बढ्न सक्छ । हाल देखिएको सम्भावना अनुसार पनि ४५ अर्ब नाफा कमाएका बैंकहरुले लाभांश वापत मात्रै ३३ अर्ब रकम बाड्न सक्ने देखिन्छ । यसमा सिद्धार्थ बैंक र एभरेष्ट बैंकको तथ्यांक समावेश छैन् ।

सिद्धार्थ बैंकले भने हकप्रद वापत संस्थापकहरुले राख्न सक्ने कल इन एड्भान्स रकम समेत जोडेकोले यसको दर निकाल्दा सहि हुन नसक्ने भएकोले यो बैंकको क्षमता निकालिएको छैन् । एभरेष्ट बैंकले पनि कल इन एड्भान्स रकम पुँजीमा जोडेको छ भने बैंकले जारी गरेको अग्राधिकार परिवत्य सेयर समेत पुँजीमा गणना हुँदै आएको छ ।  साधारण सेयरमा परिणत नहुँदासम्म अग्राधिकार  परिवत्र्य सेयरको लागि अलग्गै व्याज दर निर्धारण गरिएको हुन्छ । सिटिजन्स बैंकले भने १७ प्रतिशत लाभांश घोषणा गरिसकेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।