logo

एनआईसी एशिया क्यापिटलको ५० प्रतिशत नगद लाभांश पारित

    880   पटक पढिएको



१८ भदौ/अर्थ र व्यापार – एनआईसी एशिया क्यापिटल लिमिटेडको नवौं वार्षिक साधारण सभा बुधबार क्यापिटलको रजिष्टर्ड कार्यालय थापाथलीमा सम्पन्न भएको छ ।
साधारण सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै असार मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।
सो साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५० प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । साधारण सभामा सञ्चालक समितिको अध्यक्ष सन्तोष कुमार राठीले २० करोड चुक्ता पूँजी भएको क्यापिटलले समीक्षा अवधिमा ३० करोड ६० लाख रूपैयाँ भन्दा बढी आम्दानी गरी ११ करोड ६४ लाख भन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी गराए ।
यसैगरी, व्यवसाय तर्फ असार मसान्तसम्म ८ लाख डिम्याट खाता खोल्न सफल भएको, म्युचुअल फन्ड सेवा अन्तर्गत ४ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्म ५ वटा योजना मार्फत ५ अर्ब ४५ करोड रूपैयाँ भन्दाबढी रकम व्यवस्थापन गर्न सफल भएको छ ।
त्यस्तै, लगानी व्यवस्थापन सेवा अन्तर्गत ७ सय २० जना ग्राहकबाट २ अर्ब ७० करोड रूपैयाँ भन्दा बढीको रकम व्यवस्थापन गर्न सफल भएको सो क्यापिटलले जनाएको छ ।
शेयर रजिष्ट्रार सेवा अन्तर्गत २३ वटा कम्पनीलाई सेवा उपलब्ध गराइरहेको तथा आइडिया टु आइपिओ सेवाअन्तर्गत १७ वटा कम्पनीको निष्काशन कार्य सम्पन्न गरिसकेको अध्यक्ष राठीले जानकारी गराए । साथै क्यापिटलले नवौं वार्षिक साधारण सभामा प्रस्ताव गरेको लाभांश सहित आफ्ना शेयरधनीलाई हालसम्म २ सय ९० प्रतिशत रिर्टन वितरण गर्न सफल भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।